ज्येष्ठ नागरिकलाई सम्मान


प्रकाशित मिति :2018-01-31 11:35:19

–महिला खबर–

सिन्धुपाल्चोक । ‘क्षमता, पहिचान र परिचालन, ज्येष्ठ नागरिकप्रतिको सम्मान’ भन्ने मुल नारासहित ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ । मेलम्ची नगरपालिका–५ सिन्धुकोटमा ८० वर्र्ष पार गरेका ४५ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

मेलम्ची नगरपालिकाको सहयोग र सगरमाथा कल्याणकारी समाजको आयोजनामा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप हर्लिक्स, लठ्ठी र टर्च लाइटसहित सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष तथा मेलम्ची नगरपालिकाका उपमेयर भगवती नेपालले ज्येष्ठ नागरिकको सम्मान नै राज्यको सम्मान भएको बताइन् । साथै उनले अबका दिनमा ज्येष्ठ नागरिकको समस्या पहिचान र वकालत गरि सम्बन्धित निकायमा पहल गर्ने समेत बताइन् ।

कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष धर्मकृष्ण श्रेष्ठले ज्येष्ठ नागरिकले समाजमा धेरै योगदान गर्नुभएकाले सम्मान गरिएको बताए ।

कार्यक्रममा मन्तव्य राख्दै मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले हाम्रो समाज अझै पनि व्यक्तिवादी विचारबाट हुर्किएकाले समाजले मुहान फेर्न नसकेको धारणा राखे । साथै उनले पेन्सन तथा सामाजिक सुरक्षा भत्ताबाट आवश्यक समयावधी पार गरेका कोही पनि कुनै कारणले नछुटाउन सबैलाइ आग्रह गरे ।

‘राज्यले ज्येष्ठ नागरिकलाइ बृद्ध भत्ता दिएर सम्मान गरेको छ, अब राज्यले मात्रै नभइ समाजले पनि सम्मान गर्नुपर्नेमा जोड दिनुपर्छ’ नगर प्रमुख अर्यालले भने । सम्मानित भएपछि ज्येष्ठ नागरिक योगनाथ अधिकारीले नगरपालिकाको वडामा मात्र नभई जिल्ला भरि नै यस्तो सम्मान गर्नुपर्ने धारणा राखे ।

२०६७ सालमा स्थापना भएको सगरमाथा कल्याणकारी समाज संस्थाले हरेक वर्र्ष ८० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । हालसम्म फटकसिला, थाङपालधाप, मेलम्ची, तालामाराङमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिसकेको छ । सम्मान पाएपछि थप उत्साही जीवन वाच्ने उत्साह पलाएको पाईएको आयोजकले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: