‘न्याय महंगो हुन्छ भन्थे, होइन रहेछ’


दुर्गम गाउँमा कानुनी मेला

प्रकाशित मिति :2018-01-31 11:56:32

–विदुर आचार्य–

सिन्धुपाल्चोक । ‘न्याय धेरै महंगो हुन्छ भन्थे । तर त्यस्तो पनि होईन रहेछ । न्यायका लागि कुन बाटो जाने र कुन विधी अपनाउने भन्ने थाहा नभएर मात्रै महंगो भनेको रहेछ ।’ जुगल गाउँपालिका­ ५ की सानुमाया तामाङको भनाइ हो यो ।

सर्वसाधारण नागरिकलाई कानुनी कागजातको महत्व दर्साउने उद्देश्यले जुगल गाउँपालिकाको ढाँडेमा आयोजना गरिएको एकदिने कानुनी कागजात प्रदर्शनी मेलामा सानुमाया जस्तै सयौं नागरिकले कानुनको बारेमा जानकारी लिए । मेलामा झण्डै आधा दर्जन अधिवक्ताले सर्वसाधरण नागरिकलई कानुनी प्रक्रियाको विषयमा प्रष्ट बनाए ।

स्थानीय गैर सरकारी संस्था जनहित ग्रामिण सेवा समितिले जुगल गाउँपालिकासँगको समन्वयमा आयोजना गरेको मेलामा जुगल गाउँपालिका अन्तरगत सेलाङ, गोल्चे, गुम्बा, पाङताङ, बराम्ची र हगामबाट आएका स्थानीयलाई वकिलहरू मार्फत कानुनी परामर्श प्रदान गरिएको थियो ।

आगन्तुक लक्षित कानुनी कागजात मेलामा पाँस सय भन्दा धेरैको सहभागिता थियो । मेला अघि आयोजित औपचारिक कार्यक्रममा जुगल गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङ्ले नागरिकता तथा कानुनी कागजात चाहिएमा तत्काल सुविधा दिन गाउँपालिका तयार रहेको बताईन् ।

उनले उमेर पुग्ने बित्तिकै नागरिकता बनाउन र व्यक्तिगत घटना तत्काल गर्न गराउन सुझाव दिंदै नागरितामा उमेर नबढाउन पनि आग्रह गरिन् ।

महिला बालबालिका कार्यालयकी क्षेत्र कुमारी खड्काले कानुनी कागजात नहुँदा पर्ने अप्ठेरोको चर्चा गर्दै सरकारी संयन्त्र यसका लागि सहयोग गर्न तयार रहेको आश्वासन दिइन् । उनले आफूसँग कानुनी कागजात भएपछि ढुक्क भईने भएकोले उमेर पुगेपछि नागरिकता बनाउन र व्यक्तिगत घटना दर्ता गर्न सबैलाई अनुरोध गरिन् ।

जनहित ग्रामिण सेवा समितिका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले विकट जुगल गाउँपालिकामा उमेर पुगेपछि पनि नागरिकता नबनाउने, व्यक्तिगत घटना दर्तामा ध्यान नदिने समस्या देखिएकोले गाउँपालिकासँगको समन्वयमा कानुनी कागजात मेला आयोजना गरिएको बताए ।

अधिबक्ता चन्द्रकुमार बस्नेतले कानुनी अप्ठेरो पर्दा गरिने क्रियाकलाप बारे जानकारी दिए । कार्यक्रममा धिताल चिरिच्याट्टको टीमले चेतनामुलक नाटक (कानुनी प्रक्रिया) प्रदर्शन गरेको थियो ।

आयोजक संस्थाले ०७२ साल बैशाख १२ गतेको भूकम्प लगत्तै स्थानीय स्तरमा उद्दार, राहत संकलन तथा वितरणका साथसाथै सचेतनाका अभियानहरू हालसम्म गरिरहेको जनाएको छ ।

विपद्को समयमा महिला माथि हुनसक्ने दुव्र्यवहार, हिंसा र भेदभावका मुद्दा लगायतका विषयमा कार्य गर्दै आइरहेका जनाएको छ ।

जिल्लाका विभिन्न गाउँहरूमा सामुदायिक छलफल केन्द्रका माध्यमबाट निरन्तर अध्ययन गर्ने क्रममा महिलाहरूको नागरिकता नहुनु, पञ्जिकरणमा ख्याल नगरिनुले गर्दा महिलाहरू अधिकारबाट बञ्चित भएको पाइएको आयोजक संस्थाकी लैंगिक अधिकृत सबिना राउतले जानकारी दिईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: