यमनको युद्धले महिलामाथि जिम्मेवारी थप्यो तर सशक्तिकरण गरेन


प्रकाशित मिति :2018-01-31 12:28:53

यमनको युद्धमा मारिएको छोराको अन्तिम संस्कारपछि एउटा परिवारलाई सान्त्वना दिनका लागि उपस्थित महिलाको भेला आयोजना गरिएको थियो । यो भेलाको नौलो पक्ष के थियो भने त्यहाँ उपस्थित सबै महिला यो युद्धमा विपक्षबाट लडेकाहरुका आफन्त थिए ।

ती महिला त्यहाँ आफ्ना कुरा राख्न र दुःख बाँड्न आएका हुन् । उनीहरु महिलाले युद्धमा आफ्ना छोराहरु गुमाउँदाको पीडाले जीवन कतिसम्म कष्टकर हुँदो रहेछ भन्ने बारेमा कुरा गर्दै थिए ।

सन् २०१४ मा शुरु भएको यो युद्धमा प्रत्यक्ष तथा विभिन्न महामारी र खाद्य अभावका कारण हजारौंले ज्यान गुमाइसकेका छन् । सन् २०१७ सेप्टेम्बर सम्ममा २०% बालबालिका सहित ५,००० भन्दा बढी मारिएकोसंयुूक्त राष्ट्र संघको तथ्याङ्कमा उल्लेख गरेको छ । तर यो युद्धले यमनी समाजलाई दुरगमी असर पर्ने देखिन्छ। यसले देशको पुरै कायापलट गरेको छ, खासमा महिलाकालागि ।

यमनका यी महिला युद्धको बेला सामाजिक सद्भाव कायम गर्दछन् र समुदायलाई एक ठाँउमा ल्याउने गर्दछन् । उनीहरु मध्यस्तकर्ता, शान्ति निर्माणकर्ता, भरण–पोषण कर्ताको भूमिका निर्वाह गरिरहेका छन् । युद्धका कारणले समाजिक सद्भाव र संस्कार लगाएतका सबै कुरा समाप्त भइसकेका छन् ।

यमनमा महिलाहरुले गरिवि र यसबाट उत्पन्न पीडाहरु व्यवस्थापन गर्नुपर्ने हुन्छ र उनीहरु एकदमै कम स्रोतमा व्यवस्थापन गर्दछन् । उनीहरु घरमै रोटि तयार पार्छन् र बेच्छन् । कोहिले त थोरै भएपनि कमाउनलाई अरु कहाँ गएर घरायसी सरसफाईका कामहरु पनि गर्दछन् ।

निकै कम महिलामात्रै सशक्त भएको पाईन्छ। धेरैले खासै शक्ति आर्जन गरेको पार्इंदैन। बरु उनीहरुलाई अझै बढि कार्यभार थपिएको जस्तो लाग्छ । केही सवालहरुमा भने उनीहरुलाई स्वतन्त्रता दिएको पाइन्छ । उनीहरु आयश्रोतकालागि घरभन्दा बाहिर जानु पर्ने हुन्छ । युद्धले सामाजिक तथा सांस्कृतिक परिवर्तन गरेन। यसले महिलामाथि झन् बोझ थप्ने काम ग¥यो ।

यमनी महिलाले त जीवनमा डर–त्राश मात्र हैन आर्थिक रुपमा असुरक्षित पनि बन्नु परेको छ । उनीहरुले थुप्रै समस्याहरुको सामना गर्नुपरेको छ । धेरै कुरामा अन्यौल छ। जस्तै बालबलिकाहरु विद्यालय जान सक्छन् वासक्दैनन्, विहान–बेलुकीको खानाको जोहो कसरी गर्ने पीर छँदै छ साथै विरामीलाई कसरी उपचार गर्नेहोला भन्ने अर्को चिन्तपनि छ । यस्ता उदाहरणहरु थुप्रै छन्। यमनभित्रको अवस्था खराब थियो। युद्धपछि त्यहाँको अवस्था धेरै बिग्रेको छ ।

युद्धले यमनमा सामाजिक लैङ्गिक शक्ति सन्तुलनमा पुरुषलाई नै बढि शक्तिशाली बनाएको छ । पुरुषले नै सबैजसो तह र सबै क्षेत्रहरुमा निर्णायक भूमिका निर्वाह गरेको पाइन्छ । महिलाको त खासमा कार्यभार मात्रै बढेको छ । मानवीय सहायताका सवालमा पनि पुरुषले नै निर्णय गर्दछन् र उनीहरुकै इच्छा र संलग्नतामा वितरण हुने गर्दछ ।

तर जब युद्धले अस्थिरता पैदा ग¥यो महिलाले नै मुख्य भूमिका निर्वाह गर्नुपर्ने भएको छ किनकि पुरुष कि त युद्धमा मारिए, कि युद्धकालागि घर छोडेर बाहिर गए, अथाव धेरै मानसिक रोगी बने। यस्तो कठिन अवस्थामा सबै जिम्मेवारी बहन गर्न निकै असजिलो हुँदो रहेछ ।

यस्तो परिस्थिति यमनी महिला कुन भेगका बासिन्दा हुन् भन्नेमा भर पर्दछ । उदाहरणका लागि एत्ररी, शिते, जैदिका महिलाहरु यो युद्धको सैद्धान्तिक लडार्इंबाट बढि पीडित छन् । उनीहरुले आफ्ना लोग्ने र छोराहरु गुमाएका छन् ।

हुति महिलाले अलि फरक भूभिका निर्वाह गर्नु पर्दछ । उनीहरु नयाँ महिला सैनिक जत्थामा सामेल छन् जो हतियार बोक्छन् र विरोधीहरुलाई मर्छन् । उनीहरु महिलालाई नयाँ सैनिकमा भर्ति गराइन्छ र उनीहरुलाई आफ्नो ज्यानको बलि दिन प्रेरित गरिन्छ। उनीशरुको एउटा समूह छ जसले घर–घरमा आक्रमण गर्छ र धनमाल लुट्ने गर्छ ।

यमनका महिलाकालागि यो अभ्यास चाहिं नयाँ नै हो । उनीहरुले पहिलो पटक बन्दुक समातेको भने होइन। खासमा उनीहरु सैनिक जत्थामा सामेल हुनु पहिले नै तालिम प्रप्त थिए । यमनमा महिलाले घरको छानाबाट आफ्नो खेतिको सुरक्षा गर्ने चलन थियो र चोर भगाउन र आवश्यक परे गोली ठोक्ने समेत अधिकार थियो । कुनै–कुनै आदिबासिहरुमा त पुरुषहरु जब कामका लगि विदेश जने गर्थे तब महिलालाई आत्मसुरक्षाका लागि बन्दुक चलाउन सिकाइन्थ्यो । अहिलेको अवस्था चाहिं अलि फरक छ जसमा राजनैतिक सहभागितामा गरिने हिंसा पनि छ ।

तर यसले महिलाको शसक्तिकरण गर्यो भनेर भन्न सकिंदैन् । महिलानियुक्त हुन्छन्, के काम गर्ने भनेर उनीहरुलाई भनिन्छ र अनुमति भने पुरुषले दिन्छन् । महिलाले आफ्नो इच्छा अनुसार काम गर्न भने पाउँदैनन् । जो महिला यो गतिविधिमा प्रत्यक्ष संलग्न हुँदैनन् उनीहरु हुति विद्रोहिको महिलाप्रतिको विभेदकारी दृष्टिकोणका कारण बढि पिडित हुने गर्दछन् ।

(लेखकः– नादिया अल–सक्कफ लैङ्गिकता र राजनीतिमा विज्ञता हासिल गर्दै गरेको एउटा सोधकर्ता हुन् । उनी यमनकी पहिलो महिला हुन् जो सूचना मन्त्रि भएकी थिईन् । त्यो भन्दा पहिला उनी द यमन टाईम्स कि प्रमुख सम्पादक थिईन् । हाल उनी संयुक्त अधिराज्यको रेडिङ् विश्वविद्यालयमा विद्यावारिधि गर्दैछिन् ।)

साभारः– सिएनएन

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: