समाचार प्रभावः विद्यार्थी कुटिएको घटनामा आयोगको ध्यानाकर्षण


प्रकाशित मिति :2018-02-01 11:22:08

–महिला खबर–

पाँचथर । फिदिम नगपालिकाका २ वटा विद्यालयमा शिक्षकद्वारा विद्यार्थी निर्घात कुटिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले ध्यानाकर्षण भएको जनाएको छ ।

महिला खवर र मेची पोष्ट दैनिकमा प्रकाशन भएको समाचारको आधारमा आयोगले मंगलबार नै त्यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । आयोगको विराटनगरस्थित क्षेत्रीय कार्यालयका प्रमुख मञ्जु खतिवडाका अनुसार फिदिम स्थित टुरमुकामबाटै आयोगले सो विषयमा चासो राखेको र कार्वाहि प्रकृया अगाडि बढाउने छ ।

केहि दिन अगाडि फिदिम माविमा कक्षा ९ मा अध्ययनरत वर्ष १४ का निलम नेपाली गणित शिक्षकबाट र गढीमाविमा कक्षा ६ मा अध्ययनरत १३ वर्षका बरुणहाङ केरुङ प्रधानाध्यापक मानध्वज थाम्सुहाङबाट निर्घात कुटिएका थिए ।

गणित शिक्षक विज्ञान पौडेललाई छात्र निलम नेपालीले आफूले सही उत्तर लेखेर पनि टेष्ट परीक्षामा नम्वर नपाएको विषयमा कुरा गर्दा शिक्षकले २७ भाटा लगाएको बताइएको छ । बरुणहाङ केरुङलाई भने प्रधानाध्यापक मानध्वजले कपाल छोटो काटेको भन्दै निर्घात कुटपिट गरेको समाचार बाहिर आएको थियो ।

यी दुवै घटनामा विद्यालयले अभिभावक बोलाएर आगामी दिनमा यस्ता घटना नदोहोर्याउने वाचा गर्दै मिलापत्र गरेको बताइएको छ ।

http://mahilaakhabar.com/news/2018/01/31/36811.html

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: