–महिला खबर–
काठमाडौं । काठमाडौंको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारको घटनाको छानविन गर्न राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान टोली गठन गरी काम शुरू गरेको छ । आयोगका सदस्य मोहना अन्सारीले बुधबार एक विज्ञप्ति जारी गर्दै यौनजन्य हिंसा तथा बलात्कारका घटनासँग सम्बन्धित उजुरीहरूको दर्ता, छानविन तथा तथ्य संकलन कार्यलाई प्रभावकारी बनाई नागरिकको मानव अधिकारको सम्मान र रक्षा गर्न एवं हिंसा पीडित नागरिकको न्यायमा पहुँच पु–
विज्ञप्तिमा भनिएको छ, ‘यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूको उजुरी दर्ता, छानविन र तथ्य संकलनमा नेपाल प्रहरी गम्भीर एवं संवेदनशील नहुँदा पीडितहरू न्यायबाट वञ्चित भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’
यस्तै आयोगले यौनजन्य हिंसालाई कानून बमोजिम दण्डनीय रहेको उल्लेख गर्दै यी घटनाबाट पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरेको छ । तर व्यहारमा सामूहिक बलात्कारको घटना समेतलाई सामाजिक वा पारिवारीक डर, धम्की र आर्थिक प्रलोभन देखाई मेलमिलापमा टुङ्ग्याउने गरेको पाइएको बताएको छ ।
विज्ञप्तिमा बलात्कार जस्तो गम्भीर प्रकृतिको मानव अधिकार उल्लंघनका घटनाहरूको सम्बन्धमा नेपाल प्रहरीले उजुरी दर्ता गर्न आनाकानी गर्ने, उजुरी दर्ता भएपनि घटनाहरूको अनुसन्धान प्रभावकारी नहुने जस्तो कारणबाट घटनालाई कमजोर बनाउने, यस्ता प्रकृतिका घटनाबाट मृत्यु भएको अवस्थामा हत्याको अपराधमा मात्र मुद्दा चलाउने तथा न्यायमा ढिलाइ गरिने प्रवृत्तिका कारण यौनजन्य हिंसाबाट पीडित महिलाहरू न्यायबाट वञ्चित हुन पुगेको भनिएको छ ।
Comment Here!