आचार संहिता उल्लंघन गर्नेमा पुरुष पत्रकार बढीः किशोर श्रेष्ठ


प्रकाशित मिति :2018-02-01 17:09:00

–महिला खबर–

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले संचार माध्यममा आचार संहिता उल्लंघन गर्नेमा पुरुष पत्रकार बढी रहेको बताएका छन् । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को पाँचौ महाधिवेशनमा बोल्दै कार्यवाहक अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

‘संचार माध्यममा आचार संहिता उल्लंघन गर्नेमा पुरुषको संख्या बढी छ । महिलाले लेखेको समाचार वा महिला सम्पादक भएका मिडियाले आचार संहिता उल्लंघन गरे भनेर उजुरी परेको छैन’ कार्यवाहक अध्यक्ष श्रेष्ठले भने ।

श्रेष्ठले पत्रकार महिलालाई पेसामा टिकिरहन समस्या भए पनि पेसाप्रति प्रविद्धता राखेर काम गर्ने महिलाहरूलाई अवसर पनि थुप्रै रहेको बताए ।

न्यूनतम पारिश्रमिक निधारण समितिका अध्यक्ष गंगाधर तुलाधरले पत्रकार महिला विभिन्न चुनौतीका कारण पलायन हुने क्रममा रहेकाले उनीहरूको गुणात्मक वृद्धिमा संचार माध्यमले जोड दिनुपर्ने बताए । ‘पत्रकार महिलाहरूको क्षमता वृद्धि गरी पत्रकारिता पेसामा निरन्तरताका लागि सञ्चार माध्यम लगायतका संस्थाले भूमिका खेल्नुपर्छ’ अध्यक्ष तुलाधारले भने ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरूको न्यूनतम पारिश्रमिक चालिस हजार बनाउनु पर्ने बताए ।

सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले पत्रकार महिलाहरूको संख्यात्मक वृद्धिलाई अर्थपूर्ण बनाउन गुणात्मक वृद्धि गर्नुपर्ने बताईन् ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, डब्लूडब्लूजेका संस्थापक अध्यक्ष संगिता लामा, पत्रकार महासंघका पूर्व उपाध्यक्ष अनिता विन्दु, मिडिया एड्भोकेसी गुप्रका अध्यक्ष बबिता बस्नेत लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम डब्लुडब्लुजेका अध्यक्ष शुभेच्छा विन्दु तुलाधरको अध्यक्षतामा भएको थियो ।

डब्लुडब्लुजेको पाँचौ महाधिवेशनले संस्थाको नयाँ कार्यसमिति चयन गर्नेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: