वडा सदस्य आइती नेपालीको निधन


प्रकाशित मिति :2018-02-02 12:13:12

–महिला खबर–

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्वर ७ का वडा सदस्य आइती नेपालीको निधन भएको छ । ४२ वर्षीया नेपालीको बिहीबार विहान २ वजे वडा नम्वर ७ स्थित आफ्नै निवासमा निधन भएको हो ।

२० दिनदेखि अस्वस्थ नेपालीलाई लखनउमा समेत उपचार सम्भव नभएपछि बुधबार साँझ घर पु¥याइएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेकपा माओवादी नगर कमिटी सदस्य समेत रहेकी नेपालीको बे्रनमा टिबी देखिएको परिवारको भनाइ छ । उनको बिहीबार नै सिधनीयाघाटमा परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।

उनको निधनले वडावासीलाई अपुरणीय क्षती पुगेको भन्दै श्रद्धाका लागि बिहीबार एक दिन वडा कार्यालयको कामकाज पनि रोकिएको वडा अध्यक्ष जुम्मन खानले जानकारी दिए ।

यसैवीच उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणा र उपमेयर उमा थापामगरले मृतात्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारलाई भेटेर हार्दिक समवेदनाका साथै सान्त्वना प्रकट गरेका छन् ।

नेपालगञ्ज उप–महानगरपालिकाले पे्रस नोटमार्फत पनि मृतात्माप्रति श्रदाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: