तीन महिनामा ४० महिला बलात्कृत, महिलाहरू सडकमा आउने धम्की


प्रकाशित मिति :2018-02-02 13:46:09

–महिला खबर–

काठमाडौं । ओरेक नेपालले गरेको अभिलेखिकरण तथा सञ्चार अनुगमनका आधारमा गएको तीन महिनामा ४० महिलामाथि बलात्कार भएको छ भने ९ वटा बलात्कारको प्रयास भएको पाईएको छ । जसमध्ये ५ जना महिलाहरूको बलात्कारपछि हत्या समेत गरिएको पाइएको छ ।

यो अवस्थाले महिलामाथि हुने हिंसाको दर्दनाक अवस्थालाई वास्तविकतामा उजागर गरेको ओरेकको भनाइ छ । यसमा पनि भर्खरै काठमाडौंमा नै भएको सामूहिक बलात्कारको घटनामा प्रहरीले अनुसन्धानका लागि गरेको आनाकानी र ललितपुरमा भएको सामूहिक बलात्कारको घटनाको पूर्ण रिपार्ट नआउँदै, घटनाको गम्भीरता र संवेदनशिलता कायमै रहेको बेला पर्याप्त प्रमाण नपुगेको भन्दै जिल्ला अदालतले आरोपित व्यक्तिहरूलाई साधारण तारेखमा छोडेको घटनाप्रति ओरेकले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

ओरेकले यस्ता गम्भीर प्रकृतिका मानव अधिकार हननका घटना दर्ता, अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाई संविधान प्राप्त न्याय प्राप्तिको अधिकार सुनिश्चितताका लागि सरोकारवालाहरूसँग हार्दिक अपिल गरेको छ ।

विज्ञप्तीमा जघन्य अपराधमा समेत प्रभावितले न्याय प्राप्त गर्ने सहज वातावरण सिर्जना नभएमा महिला र मानव अधिकारकर्मीहरू सडकमै आएर प्रभावितको न्यायका लागि लड्न बाध्य हुने चेतावनी पनि दिइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: