महिलामाथि हिंसा बढाएको भन्दै भोजपुरी गीतमा प्रतिवन्ध


बालबालिकालाई मोबाइल प्रयोगमा रोक

प्रकाशित मिति :2018-02-02 16:10:35

यमुना खनाल/महिला खबर
माघ, लहान । सिरहाको कल्याणपुर नगरपालिकाका केही वडाहरुमा जाँडरक्सी, बिक्री वितरण र भोजपुरी गीत बजाउन रोक लगाइएको छ ।
कल्याणपुर नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र यादवको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय बैठकले जाँडरक्सी र भोजपुरी गीतले समाजमा विकृति विसंगति, होहल्ला बढाएको र महिलामाथि हिंसा बढाएको भन्दै यस्तो निर्णय गरेको हो ।

बैठकले सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने समेत निर्णय गरेको छ । यस्तै बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय भएको छ ।

वडा नं ६ का वडाध्यक्ष मोतिबुल राइनले जाँडरक्सी सेवन तथा भोजपुरी भाषाका अश्लील गीतका कारण समाजमा विकृति विसंगति, होहल्ला, झैँझगडा हुने गरेकाले त्यसलाई नियन्त्रण गरी समाजमा शान्तिपूर्ण वातावरण बनाउन मदिरा बिक्री वितरण र प्रयोगमा निषेध गरिएको जानकारी दिए ।

तीनै वडा क्षेत्रभित्रका पसलमा रहेका जाँड रक्सी माघ मसान्तभित्र बिक्री वितरण गरिसक्न निर्देशन दिँदै फागुन १ गतेदेखि पसलमा मदिरा पाइएमा पहिलोपटक पसलेलाई पाँच हजार रुपैयाँ र प्रयोगकर्तालाई दुई हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको वडाध्यक्ष राइनको भनाइ छ । बैठकले तीनवटै वडामा अश्लीलखालका भोजपुरी गीत बजाएमा पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

बैठकले १६ वर्षमुनिका युवा–युवतीलाई मोबाइल र मोटरसाइल प्रयोग गर्न रोक लगाइएको र निर्णय विपरीत मोबाइल र मोटरसाइकल प्रयोग गरेको पाइएमा पहिलो पटक पाँच सय जरिवाना गर्ने निर्णय गरिएको वडाध्यक्ष राइनले जानकारी दिए ।
कल्याणपुर नगरपालिकालाई नै मदिरामुक्त बनाउने लक्ष्यअनुरुप पहिलो चरणमा तीन वटा वडालाई मदिरा बिक्री वितरण र भोजपुरीको अश्लील गीत बजाउन निषेध गर्ने निर्णय गरिएको वडाध्यक्ष राइनको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: