राधाको ‘मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी’ पुुस्तक बजारमा


प्रकाशित मिति :2018-02-02 16:36:02

–महिला खबर–

काठमाडौं । ‘खलंगामा हमला’ पुस्तकका लागि मदन पुरस्कार विजेता राधा पौडेलको हाते पुस्तक ‘मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी’ बजारमा आएको छ ।

सामाजिक अभियन्ता पौडेलले समाजमा महिनावारीलाई लिएर हुने गरेको गलत धारणा चिर्न पुस्तक बजारमा ल्याएको महिला खबरलाई बताइन् ।

राधा पौडेल फाउन्डेशनले बजारमा ल्याएको पुस्तकमा महिनावारीप्रतिको समाजको धारणासहित ६९ वटा बुँदा उल्लेख छन् ।

महिनावारी भएको बेलामा आफूले १४ वर्षको उमेरमा घर छोड्नु रहर र बाध्यता भन्दा पनि विभेद र अपमानको पराकाष्ठा हो भन्दै लेखक पौडेलले ती धारणा गलत रहेको तथ्य र तर्क पुस्तकमा गरेकी छन् ।

महिला महिनावारी भएको बेलामा छुट्टै गोठमा राखेर बार्ने गलत प्रवृत्ति पश्चिम नेपालमा भए पनि नेपालीहरू बस्ने विश्वका जुनसुकै कुनामा पनि महिनावारी ‘बार्ने’ चलन भने यथावत रहेको उनको भनाइ छ । तर बार्ने तौरतरिका भने फरक रहेको पौडेल बताउँछिन् ।

उनले भनेकी छन्, ‘महिनावारीको रगत महिनावारी भएकी किशोरी वा महिला, महिनावारी भएकी महिलाले प्रयोग गर्ने सामग्रीलाई लिएर पश्चिम नेपाल, पूर्वी नेपालमा मात्र नभएर विदेशमा रहेका नेपाली समाजमा पनि विभिन्न मिथ्या या भनौ असत्य अवैज्ञानिक धारणाहरू रहिआएको छ ।’

हाते पुस्तिकाबाट सबै उमेरका विशेष गरेर स्कुल उमेरका बालबालिका, अभिभावक, कर्मचारी अभियन्ताले जानकारी हासिल गरुन् र महिनावारी मर्यादित बनाउन बहसको थालनी होस् भन्ने आफूले चाहेको उनले पुस्तकमा बताएकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: