सामूहिक बलात्कारका दोषीलाई खोज्दै छौँ- प्रहरी


दरबारमार्ग सामूहिक बलात्कार प्रकरण

प्रकाशित मिति :2018-02-04 16:28:14

–महिला खबर–
काठमाडौं । काठमाडौंको दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको सामुहिक बलात्कार काण्डको अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ । गत बिहीबार बलाकृत भएकोे भनिएकी युवतीले महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएसँगै अनुसन्धान तीव्र पारिएको परिसरका प्रहरी उपरीक्षक रामदक्त जोशीले बताए । महिला खबरसँग कुरा गर्दै जोशीले भने, ‘हामीले अनुसन्धान तीव्र पारेका छौं । घटनाको विषयमा छिट्टै सार्वजनिक गर्छौं ।’

प्रहरीका अनुसार गत बिहीबार प्रेमी शैलेस कार्कीसहित उनका अन्य तीनजना साथीले जर्बजस्ती करणी गरेको जाहेरी दिएकी छिन् । जाहेरीमा घटना विवरणसहित आरोपीविरुद्ध कडाभन्दा कडा कारवाहीको माग गरिएको छ ।
गत बिहीबार भएको घटनाका आरोपीलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेर दरबार मार्ग प्रहरीलाई बुझाएको थियो । दरबारमार्गका डिएसपी तिलक भारती र मुद्दा शाखाका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारीले करकाप र दवाब दिएर घटना सामसुम पार्ने प्रयास गरेको सार्वजनिक भएको थियो ।

घटना सार्वजनिक भएपछि बनेको छानबिन समितीले सई चन्द्र भण्डारीलाई निलम्बन गरिसकेको छ । यस्तै प्रहरी निरीक्षक ठकुरीलाई निलम्बनको सिफारिस गरिएको छ । डिएसपी भारतीका हकमा भने अनुसन्धान जारी राखिएको छ ।

गत बिहीबार राति दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा युवतीलाई ४ जनाको समूहले बलात्कार गरेका थिए । आफ्नो केटा साथीसहित होटलमा बसेकी ती युवतीलाई अबेर राति आएका केटाका ३ जना साथीले सामूहिक बलात्कार गरेका थिए । शुक्रबार बिहान करिब ८ बजे उनीहरुले ती युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भनेका थिए । युवतीले भने आफू बलात्कृत भएको बताउँदै महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा गइ उजुरी गरेकी थिईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: