पराजुलीको ‘कविता कविताहरू’ सार्वजनिक


प्रकाशित मिति :2018-02-04 17:01:13

-महिला खबर-
काठमाडौ । कवि कविता पराजुलीको कविता सङ्ग्रह ‘कविताका कविताहरू’ सार्वजनिक गरिएको छ । दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा. राजेन्द्र सुवेदीले भने, ‘कविता पराजुलीका कविताहरू सरल भइकन पनि गहन र संवेद्य छन् । अध्यात्म दर्शन मिश्रित छन् र पूर्वजप्रति सम्मान दर्शाउन सफल छन् ।’

कृतिमाथि समीक्षा गर्दै डा. लेखप्रसाद निरौलाले कृतिभित्रका कविताहरू प्रथम चरणका भएर पनि उत्कृष्ट र मर्मस्पर्शी भएको बताए । उनले भने, ‘कविता पराजुलीको कवितायात्रा अत्यन्त उज्ज्वल छ । उहाँले निरन्तर काव्यसाधना गर्दै गए जानुभयो भने कविताक्षेत्रमा सफलता पाउनुहुनेछ ।’
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त समारोहमा कवि कविता पराजुलीले कविता वाचनसहित आफ्नो मन्तव्य राखेकी थिइन् भने कवि ठाकुर शर्मा भण्डारी, डा. विजया पन्त, डा. श्रीया पराजुली, कल्पना नेपाल र यादव भट्टराईले समेत मन्तव्य राखेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: