कालिकोटमा फेरि सुत्केरी र शिशुको मृत्यु


प्रकाशित मिति :2018-02-05 10:42:30

–महिला खबर–

कालिकोट । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका ९ मुम्रामा सुत्केरी आमा र शिशुको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिकाको रूप्सा घर भएकी १८ वर्षीया जौमा बुढा सहकारीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।

सहकारी मुम्रास्थित माइती घर आएको बेला प्रसूति व्यथा लागेर बिहीवार राति माइतीघरमै बच्चा जन्माउने क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए । ‘शिशुको मृत्यु भइसकेपछि अत्याधिक रक्तश्राव भएर शुक्रबार बिहान आमाको पनि मृत्यु भएको हो ।’

उमेर नहुँदै गर्भवती भएकाले ज्यान गएको स्थानीय अर्जुन बुढाले बताए । ‘राति स्वास्थ्य चौकीमा कोही नहुने भएकाले सुडेनीको सहयोगमा घरमै सुत्केरी गराइएको थियो ।’ उनले भने,‘घरमा नै उनको मृत्यु भएको हो ।’

कालिकोटमा यस वर्षको बैशाख यता मात्रै ६ जना महिलाको सुत्केरी हुन नसकेर ज्यान गएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: