नयनकुमारीको राहत पाउने आस


प्रकाशित मिति :2018-02-05 15:30:09

–महिला खबर–

काठमाडौं । पुरानो घर । चुहिने खरको छानो । त्यही घर पनि भूकम्पले चिराचिरा पारेको छ । सरकारले भूकम्प पीडितको नाममा लाखौँ रुपैयाँ खर्च ग¥यो । तर ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–७ की ७२ वर्षीया नयनकुमारीले अधिकारीले राहतको नाममा पाइन्, मात्रै ३ हजार रुपैयाँ । २०७२ सालको भूकम्पमा उनको घर पूर्ण रुपमा घर क्षती भएको छ ।

भूकम्पपछि उनको बस्ने बास छैन । उनले भनिन्, ‘अहिले त जसो–तसो भत्किएको घरको आडमा पाल टाँगेर बसिरहेकी छु । तर वर्खामा चाहिँ साह्रै गाह्रो हुन्छ ।’

भूकम्प गएपछि लगत संकलनका लागि आएका इन्जिनीयरहरूले पूर्ण रुपमा क्षति भएको लगत संकलन गरेका भए पनि पछि छरछिमेकीले नाम हटाइदिएको उनको गुनासो छ । ‘पहिले नाम टिप्दा पूर्ण रुपमा नै क्षति भएको भनेर लेखिएकोे थियो, पछि नाम काटिएर आंशिक मात्रै क्षति भएको रहेछ, पछि कहाँ गएर कसलाई भन्ने थाहै भएन ।’

गाउँका सबैजना पहिलो किस्ता वापतको पैसाँ बुझ्न जाँदा आफूपनि गएको तर नाम छैन भने पछि रित्तो हात फर्किएको उनले बताइन् ।उनले भनिन् ‘तीन हजार रुपैयाँ दिए तर यति मात्रैले के गर्नु ? लिदिन भन्दा एक छिमेकीले त्यो पैसाँ नलिए तेरो वृद्धा भत्ता नै काटिदिन्छु भनेर धम्काएपछि लिएको उनले बताइन् ।’ वृद्धा अधिकारीका छोरा छैनन् । एक छोरी छिन् । तीनै छोरीका छोरीहरूको सहयोगमा जसोतसो जीवनयापन गर्दै आएकी छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: