शिक्षक संगठनको अध्यक्षमा पहिलो पटक महिला


प्रकाशित मिति :2018-02-05 16:52:02

–महिला खबर–

अछाम । नेपाल राष्ट्रिय शिक्षक संगठन अछामले पहिलोपटक महिलालाई नेतृत्व दिँदै ईतिहास कायम गरेको छ । संगठनको ११ औं जिल्ला अधिवेशनले पहिलोपटक महिलालाई नेतृत्व दिएको हो ।

यस अघि महिला उपाध्यक्ष पदमा रहेकी चन्द्रोदय आधारभूत विद्यालय भागेश्वरमा कार्यरत जानकी बोहरा आगामी कार्यकालका लागि अध्यक्ष चयन भएकी हुन् । बोहरा सर्वसम्मतिबाट अध्यक्ष चुनिएकी हुन् ।

यसैगरी संगठनको उपाध्यक्षमा यस अघि सहसचिव रहेकी गीता ढुंगाना र पुरुष उपाध्यक्षमा धर्मराज साउँद निर्विरोध निर्वाचित भएका छन् । सचिवमा सर्पराज जैसी रिमाल, कोषाध्यक्षमा कृष्ण विक, सहसचिवमा सकुन्तला आउजी तथा सहकोषाध्यक्ष ममता जोशी चयन भएका छन् ।

अधिवेशनको बन्द सत्रबाट केन्द्रीय प्रतिनिधिमा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तिलक कुँवर, निवर्तमान अध्यक्ष नरबहादुर रावल, शारदा विष्ट कुँवर र नेत्र बहादुर बुढालाई छनौट गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: