हौसिए पोखरेली महिला


प्रकाशित मिति :2018-02-06 11:59:13

–महिला खबर–

पोखरा । प्रदेश नं ४ की प्रदेश सांसद मीना गुरुङले प्रत्येक महिलाले आफूभित्रको क्षमतालाई मर्न नदिएर मल जल गर्नुपर्ने बताएकी छन् । नेपालको संविधान महिलाका पक्षबाट पनि एउटा सवल संविधान भएकाले यस भित्रका व्यवस्थालाई उपभोग गर्न नजाने भोलिका दिनमा पछुताउनु पर्ने उनले बताइन् ।

पोखराको लेकसाइडस्थित होटल दि कान्तिपुरमा भएको तालिमको उद्घाटन गर्दै सांसद गुरुङ्ले यस्तो बताएकी हुन् ।

गृहिणी महिलाले पनि घरमा १६,१७ घण्टा बिनापारिश्रमीक काम गरिरहेता पनि त्यसको मुल्यांकन नहुने बताउँदै उनले एकतामा बाँधिनु भनेको नै शक्ति भएकाले महिलाको एकताले उनीहरूको काममा पनि मुल्याकंन गराउने सभासद् गुरुङले बताइन् ।

देशमा एक पटक राष्ट्रपति भएर अर्को पटक नहुने, एक पटक प्रधानन्यायधिश भएर अर्को पटक नहुने र एक पटक सभामुख भएर अर्को पटक नहुने वाताबरण बन्न नहुनेमा जोड दिँदै उनले मितेरी नारी समूहले लेकसाइडका महिलाको सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले प्रष्ट्याइन् ।

कार्यक्रममा वडा नं ६ का अध्यक्ष जगतबहादुर पहारीले हरेकमा अन्तरनिहित प्रतिभालाई बाहिर निकाले महिला अगाडि बढ्ने ननिकाले पछाडि पर्ने बताए । उनले महिलाले पनि हिजोआज चलेको बिधि ‘लर्निङ बाई डुइङ’ मार्फत सिक्न प्रयास गरेमा आफ्नो क्षमतालाई अभिवृद्धि गर्न सक्ने विचार राखे ।

बंगलादी आमा समूहकी अध्यक्ष एवं महिला समन्वय समितिकी सचिव बिनिता बरालले कुनै पनि विषयका बारेमा बोल्न थरर काप्ने महिलालाई यस्ता तालिमले निर्धक्क बोल्न सक्ने बनाउने बताइन् । संस्थाकी सल्लाहकार शुशिला भट्टराईले यस्ता कार्यक्रमले महिलाको एक आपसमा भएको बैमनेस्यता हटाएर उनीहरूलाई मिलेर बस्न पनि सहयोग पु¥याउने धारणा राखिन् ।

पर्यटन व्यवसायी एवम् निवर्तमान अध्यक्ष कमला पहारीले आफू नै सानो भएर काम गरे सफल भइने बताइन् । तालिममार्फत प्रशिक्षार्थीले अरुसामू व्यक्त गर्न नसक्ने कुरा पनि नडराई भन्न सक्ने क्षमता हाँसिल गरेका प्रतिक्रिया दिइन् । यस्ता तालिमलाई भविष्यमा पनि समूहले निरन्तरता दिने पनि उनले बताइन् ।

कुनै पनि कार्यक्रम संचालन गर्दा सक्षम महिला खोज्नुपर्ने अवस्था आएकाले समूहका महिलालाई निडर भएर बोल्न र लेख्न सिकाउन तालिमको आयोजना गरिएको समूहकी अध्यक्ष मिरा पौडेलले बताइन् ।

लेकसाइड क्षेत्रमा करिव १६ वटा आमासमूह भएपनि २०६१ सालमा स्थापना भएको यस समूहले हालसम्म महिला शशक्तिकरणका लागि विभिन्न कार्यक्रम र तालिमहरू संचालन गरिसकेको उनले बताइन् ।

सरकारी तर्फबाट हुनुपर्ने काम समेत समूहले आफै गर्दै हालसम्म लेकसाइडमा रहेको बसुन्धरा पार्कको संरक्षण गरिरहेको छ । नगर विकासबाट मौखिक स्विकृति लिएर काम शुरु गरेको समूहले नै मासिक ६ हजार रुपैंया दिएर सो पार्कको सरसफाईका लागि एक कर्मचारी समेत खटाएको अध्यक्ष पौडेलले बताइन् ।

करिव सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको उक्त पार्कमा महिनाको दुई पटक कार्यसमितीका पदाधिकारी र सदस्यहरूले नै मिलेर सरसफाई गर्ने गरेका छन् ।

तीन दिने उक्त तालिममा नेपालकी पहिलो महिला सरोद बादक एवम् रेडियोकर्मी रुपा न्यौपानेले स्टेजमा आएर कसरी कार्यक्रम संचालन गर्ने, रेडियोमा कसरी बोल्ने, ब्यक्तित्व कसरी विकास गर्नेलगायतका विषयमा प्रशिक्षण दिएकी थिइन् ।

तालिम समापनका दिनमा उनले फलैंचा संगीत अभियानअन्र्तगतको आफ्नो सरोद बादनको प्रस्तुति पनि दिएकी थिइन् । कार्यक्रममा उनलाई तबलाबादक तिर्थ पोखरेल र शास्त्रिय गायनमा सुगमा गौतमले साथ दिएका थिए ।

तीन दिने तालिमको समाप्ती पछि सरोदबादक न्यौपानेले पोखराकै केदारेश्वरस्थित आश्रम, बृद्धाश्रम र गुरुकुलमा पनि फलैंचा संगीत अभियानअन्र्तगत आफ्नो प्रस्तुति देखाइन् ।

मितेरी नारी समूहको आयोजनामा भएको तीन दिने क्षमता अभिवृद्धि तालिममा समूहमा आवद्ध ४० महिलाले सहभागिता जनाएका थिए । तालिम लिएपछि अरुसँग नडराई निर्धक्क भएर बोल्ने क्षमता आफूमा बढेको सहभागीले बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: