छोरी हराएपछि त्रासमा भियतनामी आमा


प्रकाशित मिति :2018-02-06 13:14:55

काठमाडौं । उत्तरी भियतनामको दुर्गम बस्तीहरूबाट किशोरीहरू हराइरहेका छन् । ती मध्ये कति त जम्मा १३ वर्षका मात्र छन् । उनीहरू अपहरणमा पर्छन्, त्यसपछि चीनमा लगिन्छन् अनि विवाह गर्नकै लागि दुलहीका रुपमा बेचिन्छन् ।

बाल अधिकार संरक्षण तथा प्रवद्र्धनका लागि कार्यरत संस्था प्लान ईन्टरनेशनलका अनुसार आजभोलि यस्तो जबरजस्ती विवाह गर्ने गतिविधि विस्तारै बढेको पाइन्छ । यो अवस्था एक दशक पहिलादेखि नै सुरु भएको हो ।

वर्षौंदेखि चीनमा लागु भएको एक दम्पत्ती एक सन्तानको नीतिले गर्दा मानिसहरू छोरा नै जन्माउन चाहन्छन् । जसले गर्दा देशमा ठूलो लैङ्गिक असन्तुलनको स्थिती पैदा भएको छ ।

प्लान ईन्टरनेशनलका प्रतिनिधि कृष्टि क्यामेरोनसँग फोटोग्राफर भिन्सेट टुएमओ भियतनामको एक दुर्गम गाउँमा अपहरणमा परेका बालबालिकाका परिवारहरू भेट्न गए ।

उनले भेटेकी मध्ये एक ५६ वर्षकी दीर्घ रोगी महिलाको एकमात्र इच्छा छ ‘दुई वर्षदेखि हराइरहेकी छोरी मीलाई भेटेरै मर्ने । बजारमा किनमेल गर्न गएकी मी अपहरणमा परिन् । उनको परिवारले खोजी गर्दा दुई जना मानिसले उनलाई पछ्याई रहेको कुरा पत्ता लाग्यो ।

उनीहरूले मी उत्तर भियतनामको हा जियाङ्ग नामक शहरसम्म पुगेको पत्ता लगाए तर जब उनीहरू त्यहाँ पुगे उनी गायब भइसकेकी थिईन् । त्यसपछि उनलाई कसैले पनि देखेनन् । स्थानीयका अनुसार उनलाई चीन लगेर कसैको श्रीमती बनाउनको लागि बेचिएको हुनसक्छ ।

मीका तस्विरहरू उनको परिवारले भित्तामा सजाएर राखेका छन् ं।

मी हराएदेखि सोही गाउँका अरु तीन किशोरीहरू अपहरणमा परेका छन् । त्यो गाउँमा जम्मा ५० जना मात्र मानिसहरू बस्दछन् । मी हराएको घटनाले उनकी भाउजूलाई साह्रै आघात पारेको छ । यस्ता अपहरणका घटनाहरूका कारण उनले परिवारका कुनै पनि महिला सदस्यलाई एक्लै घरबाहिर जान अनुमति दिएकी छैनन् । उनी श्रीमान्लाई लिएरमात्र घर बाहिर निस्किन्छिन् । यदि यस्तै अपहरणका घटनाहरू भइरहे भने भोलि उनको छोरीको के अवस्था होला भनेर चिन्ता गरिरहन्छिन् ।

हराएका व्यक्तिका परिवार अत्यन्त पीडादायी अवस्थामा छन् । उनीहरू न त खुलेर अलाप विलाप गर्न सक्छन्, न त शोक व्यक्त नै गर्न सक्छन् । न त फेरि भेट्नसक्ने आशा लिएर खुशी रहन सक्छन् । उनीहरू जवाफको खोजीमा शारीरिक र मानसिकरुपमा भांैतारिरहेका हुन्छन् ।


यो समुदायको जीवन साह्रै कठिन छ । अपहरण गर्ने दलालहरू गाउँमा आउने, महिनांैसम्म बस्ने, किशोरीहरूसँग मित्रता कायम गर्ने, कतिलाई त प्रेमको नाटक गर्ने र चीनमा राम्रो जागिर दिने प्रलोभन देखाउने जस्ता जुक्तिहरू लगाएर भगाउने गर्दछन् । चीनमा बढी ज्याला पाइने, राम्रो जीवनस्तर हुने आशामा कतिपय स्वेच्छाले जाने गर्दछन् । जब उनीहरू सीमा पारि जान्छन् त्यसपछि मात्र आफू अपहरणमा परेको र अरुको जालमा फसेको थाहा पाउँछन् ।

माथि फोटोमा देखिएकी १८ वर्षीया डिन्हले पनि यस्तै प्रकारले धोका खाईन् । जब उनी १५ वर्षकी थिईन् उनलाई उनको साथी लीईसँगै गाडीमा चढाएर छिटो घर पु¥याईदिने बहानामा उनीहरूलाई चीन लगियो । एउटा घरमा थुनेर फोटो खिचियो र क्रेताहरूका माझ बिक्रिको लागि प्रचार गरियो । डिन्ह आठ महिनापछि त्यो कैदबाट भाग्न सफल भईन् भने लीई अझै बेपत्ता छिन् ।


सरकारी तथ्याङ्क अनुसार जनवरीदेखि मार्च २०१७ सम्ममा ३ सय वटा मानव बेचबिखनका घटनाहरू दर्ता भइसकेका छन् । साथै तीन वर्ष यता बाल सहायता केन्द्रमा लगभग ८ हजार मानव बेचबिखनका घटनाको बारेमा रिपोर्ट भएको छ ।

तस्विर : प्लान ईन्टरनेशनल
साभार : बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: