महानगरमै महिला असुरक्षित


प्रकाशित मिति :2018-02-07 10:33:25

–सन्दिप विक–
काठमाडौं । एक महिनाको अवधिमा काठमाडौंको दरबारमार्गस्थित ल्यान्डमार्क होटल र ललितपुर गोदामचौरमा भएको सामुहिक बलात्कारका घटना भए । दुई वटै घटनाका पीडितले न्याय पाउन सकिरहेका छैनन् ।
यहि माघ ३ गते भक्तपुर नगरपालिकामा भएको माटो व्यवसायीको हत्यामा संलग्न महिलाले आफू बलात्कृत हुन लागेपछि आत्मरक्षाको लागि हत्या गर्न बाध्य भएको प्रहरी समक्ष बयान दिएकी छिन् ।

यि घटना महामनगर भित्रै महिलाहरु असुरक्षित हुन थालेका देखाउँछ । महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका हुन निश्चित मापदण्ड तोकिएको छ तर ती मापदण्डहरु व्यबहारमा भने कार्यान्वयन हुन नसक्दा असुरक्षा बढिरहेका छन् ।

स्थानीय निकाय पुनर्संरचना आयोगको मापदण्ड महानगरपालिका हुनका लागि निश्चित मापदण्ड बनाएको छ ।
महानगरका लागि यातयात, सञ्चार, खानेपानी, शान्ति, सुरक्षा र सामाजिक सुरक्षा लगायत हुनुपर्ने भनिएको छ । तर ति मापदण्ड पूरा हुन सकेका छैनन् । नेपालमा ६ महानगरपालिका, ११ उपमहानगर, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका छन् ।

महानगरपालिमै सञ्चालित सार्वजनिक सवारी साधनमा समेत महिलाहरु हिंसाका पर्ने गरेका छन् । सार्वजनिक स्थलमा महिलाहरु एक्लै हिँड्न सक्ने अवस्था छैन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सञ्चालन गरेको ‘सेफ्टी पिन अभियान’ मा सार्वजनिक सवारी साधनमा महिलाहरु यौन दुव्र्यवहार पर्ने गरेको पाइएको छ ।
महिला सेल रानीपोखरीकी सइ विमला घिमिरे भन्छिन्, ‘उपत्यकामा महिला साँझको समयमा बढी दुव्र्यवहारमा पर्ने गरेका छन् । सेफ्टी पिन अभियानका क्रममा पक्राउ परेका मध्ये अधिकांश महिलामाथि यौन हिंसा गर्ने रहेका छन् ।’

नेपाल प्रहरीको आव ०७४-७५ पछिल्लो तथ्यांकले समेत महिलाहरुमाथि यौन हिंसा बढी भएको देखाउँछ । साउनदेखि पुससम्मको अवधिमा ५ सय २९ जना महिला तथा बालिकाहरु बलात्कृत भएका छन् । बलात्कृत हुनेमध्ये अधिकांश घटना महानगरपालिकामै भएको पाइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपाने भने पछिल्लो समय सुरक्षा व्यवस्थामा सुधार आएको दाबी गर्छन् । उनी भन्छन्, ‘कहिकतै यस्ता घटनाहरु घट्नु स्वाभाविक हो, तर पछिल्लो समय सुरक्षा व्यवस्था कडा पारिएको छ, महिला सचेत भएर नै घटना बाहिर आएका हुन् ।’

ओरेक नेपालले गरेको अभिलेखिकरण तथा सञ्चार अनुगमनका क्रममा समेत गत तीन महिनाको अवधिमा देशभर ४० वटा बलात्कार र ९ वटा बलात्कारको प्रयास भएको पाइएको छ । जसमध्ये ५ जना महिलाहरुको बलात्कारपछि हत्या भएको छ ।

महिला सुरक्षा दबाब समुहकी पूर्वअध्यक्ष सावित्री थापा भन्छिन्, ‘महानगरमै अपराधिक घटना बढ्दो छ, अन्य उपमहानगर, नगर गाउँपालिकाको अवस्था कस्तो होला ? अहिले हिजोको जस्तो अवस्था छैन् । साँझको समयमा महिला सार्वजनिक स्थलमा हिँड्न सक्ने स्थिती छैन् । त्यसका लागि महिलालाई सचेत पार्नुपर्छ । यसमा सरकार, प्रशासनले शान्ति सुरक्षाको प्रत्याभूति गर्नुपर्छ ।’

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी भन्छिन्, ‘महानगरभित्रै महिलामाथि घटना घट्नु राम्रो होइन्, यसमा राज्यले सोच्नुपर्ने अवस्था आएको छ । हामी महिला आफैँपनि सचेत हुनुपर्ने देखिन्छ ।’ महानगरले महिलामाथि हुने हिंसा न्यूनिकरण गर्न छुट्टै नीति बनाएर अघि बढ्ने उनी बताउँछिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: