राष्ट्रिय सभा सदस्य निर्वाचन शुरु


प्रकाशित मिति :2018-02-07 11:36:53

– महिला खबर–

ललितपुर । राष्ट्रिय सभा सदस्य निर्वाचन देशभर सुरु भएको छ । बिहान १० बजेबाट निर्वाचन सुरु भएको हो । प्रदेश नम्बर २ बाट निर्विरोध राष्ट्रिय सभा सदस्य चयन भइसकेका छन् । त्यसैले आज ६ वटा प्रदेशमा मात्रै निर्वाचन भएको छ ।

निर्वाचन आयोगका सहप्रवक्ता मुकुन्द शर्माले १० बजेबाट सुरु भएको निर्वाचन दिउँसो ३ बजे सकिने जानकारी दिए । राष्ट्रिय सभामा ३ जना महिला, एक अपाङ्ग वा अल्पसंख्यक र एक जना दलित सदस्य गरेर एउटा प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

यो निर्वाचनबाट ७ वटा प्रदेश र मनोनित गरि २२ जना महिला सहित ५९ जना राष्ट्रिय सभामा चयन हुन्छन् ।

राष्ट्रिय सभामा ६ वटा प्रदेशका स्थानीय तहका १ हजार २ सय ३४ जना र प्रदेशसभाका ४ सय ४३ जना गरि कुल १ हजार ६ सय ७७ जना मतदाता रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: