–महिला खबर–
महोत्तरी । तीन वर्षीया बालिका बलात्कार गर्ने गौशाला नगरपालिका–२ का १८ वर्षीय कुमार भुजेललाई दश वर्षको कैद सजाय सुनाइएको छ ।
मंगलबार जिल्ला अदालत महोत्तरीका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको इजालसले भुजेललाई १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको हो ।
भुजेलले २०७३ कात्तिक १६ गते नाताले भन्जी पर्ने बालिकालाई गाउँ नजिकैको सीताराम लुंगेलीको उखुबारीमा लगी बलात्कार गरेका थिए । भाइटीकाका दिन बालिकालाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालयले २०७३ साल कात्तिक १७ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।
Comment Here!