काठमाडौं । ‘मेराे श्रीमानले मलाई सात वर्ष अगाडि छोडेपछि मेरो आत्मविश्वास गुम्यो । म र मेरो छोरालाई दुई छाक खान धौ–धौ पर्यो । तर मेरो सानो व्यापारले मेरो परिवारको अवस्था राम्रो बनायो ।’ रेवती दासले भनिन् । उनी ३१ वर्षकी भईन् र भारतको केन्द«पदा जिल्लामा बसोबास गर्छिन् ।
दासका अनुसार उनका श्रीमान्ले उनलाई छाडेपछि श्रीमान्का परिवारका सदस्यहरुले उनलाई बरम्बार यातना दिने गरेका थिए । त्यसैले उनी आफ्नो घर फर्र्किन् र आफ्ना आमा बुवासँगै बसिन् । “मेरो बुवा बिमारीका कारण बित्नुभयो । मेरी आमा पनि उपचारको लागि पैसा जुटाउन नसेको कारण बित्नुभयो । म गरिबी र पैसाको स्रोत नभएर निकै चिन्तित भएँ ।’ उनले थपिन् ।
दुई वर्ष अगाडि कसैले उनलाई व्यापारबाट पैसा कमाउन सल्लाह दिएका थिए । कोल्कत्ताको एउटा बन्धन कोनागर नामक गैरसरकारी संस्थाले उनलाई तीन दिने आत्म विश्वासको तालिम दियो ।
‘मैले आफ्नो व्यापार शुरु गर्न त्यस संस्थाबाट १६ हजार रुपैयाँसहयोग पाएँ । मैले बजारबाट रेडिमेड कपडाहरु किनें र गाउँका घरघर लगेर बेचेँ । मैले महिनामा ११ हजार,२ सय रुपैयाँ कमाएँ ।’ दासले भनिन् ।
त्यही पैसाले दासले आफ्नो घर सजाइन् र आफ्नो बच्चालाई राम्रो स्कूलमा पढाइन् । उनले आफूले जोगाएको पैसाले आफ्नी बहिनीको विवाह समेत गराईन् ।
सोही जिल्लाको ४६ वर्षिया ममता नाम गरेकी अर्की महिला पनि त्यस्तै गरिबी झेलिरहेकी थिईन् । दस वर्ष अगाडि उनको श्रीमान्को मृत्यु भयो । त्यसपछि उनले धेरै आर्थिक संकट झेलिन्, खासगरि बाच्चाहरुलाई चाहिने खानेकुरा र कपडाको लागि । “मैले दुई चार पैसा कमाउन अरुको घरमा काम गर्न थालेँ तर मलाई त्यसबाट कमाएको पैसाले पुगेन ।’ उनले थपिन् ।
त्यसपछि उनले आफ्नो कमाइ बढाउन बाख्रा पालन र खेतिपाती गर्न थालिन्, जुन प्रयासले उनको राम्रो आम्दानी भयो । उनले महिनाको ११ हजार २ सय रुपैयाँ भन्दा बढि कमाउँछिन् । ‘अहिले मेरो बैंक खातामा ६४ हजार रुपैयाँ छ । एउटा गाई, टिभी सेट र अरु घरायसी सामानहरु छन् । मेरा बच्चाहरुले पनि राम्रो शिक्षा पाए,।’ उनले भनिन् ।
त्यहिका प्रतिमा रौत र रस्मिता पाण्डे सानो व्यापार गरेर राम्रो जीवन बिताइरहेका छन् । जिल्लाका १ हजार ८ सय जना महिलाले गैरसरकारी संस्थाको सहयोगमा साना व्यापारहरु थालेका छन् ।
‘हामी अब भाद«क जिल्लाको १ हजार ६ सय गरिबीका रेखामुनि रहेका महिलाका लागि काम गर्ने छौँ । हामी अगष्ट महिनादेखि काम थाल्ने छौं ।’ संस्थापक चन्द्रशेखर धोषले भने ।
Comment Here!