मुख्यमन्त्री हुन नदिन अष्टलक्ष्मीलाई पुरुषबाटै तगारो


प्रकाशित मिति :2018-02-08 16:32:49

–महिला खबर–

काठमाडौं । गठबन्धनको सरकार बनाउन लागेका वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रले एक जना महिलालाई पनि सर्वसम्मत मुख्यमन्त्री बन्न नदिने भएका छन् ।

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीका रुपमा हेरिएकी अष्टलक्ष्मी शाक्यलाई समेत सर्वसम्मत संसदीय दलको नेता बन्न नदिएपछि वाम गठबन्धनले ६ वटै प्रदेशको मुख्यमन्त्री पुरुष मात्रै बनाउन लागेको पक्कापक्की भएको हो ।

प्रदेशसभा निर्वाचनको उम्मेदवारी पाउनु अघि नै भावी मुख्यमन्त्रीको चर्चा बटुलिसकेकी शाक्यलाई सर्वसम्मत मुख्यमन्त्री हुन नदिने खेल सुरु भएसँगै वाम गठबन्धनको चौतर्फी आलोचना समेत भइरहेको छ ।

मुख्यमन्त्री चयनको पहिलो प्रक्रिया अन्तरगत प्रादेशिक संसदीय दलको नेता चयन गर्नुपर्दछ । नेकपा एमालेले आफ्नो भागमा रहेको प्रदेश नम्बर ३ मा निर्वाचन प्रमाणीमार्फत संसदीय दलको नेता चुन्ने प्रक्रिया अपनाएपछि सर्वसम्मत मुख्यमन्त्रीको रुपमा हेरिएकी अष्टलक्ष्मीलाई सर्वसम्मत संसदीय दलको नेता बन्ने अवसरको ढोका बन्द गरिएको हो । संसदीय दलको नेता नै प्रदेशको मुख्यमन्त्री हुने व्यवस्था छ ।

नेकपा एमालेले आफ्नो भागमा परेका चार वटै प्रदेशमा सहमतिका साथ संसदीय दलको नेता चुन्न कसरत गरेको तर आकांक्षीहरू धेरै भएकाले तीन वटा प्रदेशमा निर्वाचन मार्फत संसदीय दलको नेता चुन्न लागेको बताएको छ ।

नेकपा एमाले प्रदेश नम्बर ५ ले यस अघि नै नेता शंकर पोखरेललाई संसदीय दलको नेतामा सिफारिस गरिसकेको छ । एमालेले प्रदेश नम्बर १, ३ र ४ मा माघ भित्रै संसदीय दलको नेता छान्न निर्वाचन गरिसक्ने जनाएको छ । प्रदेश नं १ मा शेरधन राई, भीमआचार्य, प्रदेश नं ३ मा अष्ठअलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे प्रमुख दावेदार छन् भने प्रदेश नं ४ मा पृथ्वीसुब्बा गुरुङ र कृष्ण गुरुङ दावेदार देखिएका छन् ।

 

 

महिलालाई हुन नदिन निर्वाचनको बखेडा

सात मध्ये एक प्रदेशमा महिला मुख्यमन्त्री हुनुपर्ने र त्यो एमालेकै हुनु पर्ने नेकपा (एमाले)का प्रमुख नेताहरूको तर्ककै कारण शाक्य प्रदेशसभामा उम्मेदवार बनेको पार्टीकै शिर्ष नेताहरूको भनाइ छ ।

आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारका रुमपा समेत हेरिएकी शाक्यलाई प्रदेश नम्बर तीनको मुख्यमन्त्री बन्नका लागि पुरुषबाटै तगारो हाल्नु संकुचित मानसिकताको उपज हो भन्छिन्, महिला सुरक्षा दवाव समूहकी अध्यक्ष साबित्रा थापा ।

अध्यक्ष थापाले भनिन्, ‘निर्वाचन बखेडा मात्रै हो । यो महिलालाई मुख्यमन्त्री हुन नदिने काम हो ।’ उनले वाम गठबन्धनले लाजले पनि एक जना महिलालाई मुख्यमन्त्री बनाउनु पर्नेमा हुनै नदिनका लागि निर्वाचनको बखेडा झिकेको आरोप लगाइन् ।

त्यसो त प्रदेश निर्वाचनमा उम्मेदवार सिफारिस गर्दा नै नेकपा एमालेको प्रदेश तीनको सचिवालय बैठकले समेत अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रीय कार्यालयसँग आग्रह गर्ने निर्णय गरेको एमाले तीन नम्बर प्रदेशका सह–प्रवक्ता काँशिनाथ अधिकारीले महिला खबरलाई बताए ।

प्रदेश पाँचको मुख्यमन्त्रीमा पुरुष भएकै कारण शंकर पोखरेललाई पहिलो बैठकमै संसदीय दलको नेता चयन गर्न सम्भव हुने तर, कमिटीबाटै अनुमोदित भएकी शाक्यलाई अनेक वहाना गर्ने काम महिला बिरोधी भएको चर्चा हुनु अस्वाभाविक होइन् ।

प्रदेश नम्बर ६ र ७ मा मुख्यमन्त्रीको भाग माओवादी केन्द्रलाई छ । केन्द्रकी प्रवक्ता पम्फा भुषालका अनुसार केन्द्रले ७ नम्बर प्रदेशमा त्रिलोचन भट्टलाई संसदीय दलको नेतामा सिफारिस गरिसकेको छ भने ६ नम्बर प्रदेशमा माघ भित्रै टुंगो लगाउने छ ।

प्रदेश नम्बर ६ मा माओवादी केन्द्रमा संसदीय दलको नेताका लागि महेन्द्र शाही र नरेश भण्डारी प्रमुख दावेदार देखिएका छन् ।

प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपालले लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरिसकेको छ । २ नम्बर प्रदेशमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले संयुक्त सरकार गठनमा सैद्धान्तिक सहमति गरेका हुन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: