अष्टलक्ष्मीले भनिन्, ‘अध्यक्षको सपोर्ट छ, निर्वाचन मै जित्छु’


प्रकाशित मिति :2018-02-09 11:03:33

–महिला खबर–

काठमाडौं । नेकपा एमाले तीन नम्बर प्रदेशको संसदीय दलको नेता छान्न आज हुन लागेको निर्वाचनका लागि सांसद अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् । शाक्यसँगै सांसद डोरमणी पौडेलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

यस अघि अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेबीच प्रतिष्पर्धा हुने चर्चा चले पनि अन्तिममा राजेन्द्र पाण्डे समूहबाट डोरमणीलाई चुनावी प्रतिष्पर्धाका लागि अगाडि सारिएको हो ।

अष्टलक्ष्मी शाक्य                        डोरमणी पौडेल

 तुलसीलाल स्मृति प्रतिष्ठानमा अहिले १२ बजेदेखि हुने निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न संस्थापन (ओली) र नेपाल समूह निकै ठूलो कसरतमा जुटेको पत्रकार माधव नेपालले महिला खबरलाई जानकारी दिए ।

निकै शालिन, सभ्य र कुनै गुटको वकालत नगर्ने नेताको रुपमा पहिचान बनाएकी शाक्यलाई हराउन तीन नम्बर प्रदेशमा नेताहरुले निर्वाचन गराएको आरोप नेपाल समूहको छ ।

प्रदेश निर्वाचनमा उम्मेदवार सिफारिस गर्दा नै नेकपा एमालेको प्रदेश तीनको सचिवालय बैठकले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रीय कार्यालयसँग आग्रह गर्ने निर्णय गरिसकेको अवस्थामा संसदीय दलको नेता छान्न निर्वाचनको बखेडा गर्नु नै शाक्य हराउने खेल भएको आरोप शाक्य समर्थकहरुको छ ।

एक नेताका अनुसार अष्टलक्ष्मी महिला भएकै कारण उनलाई हराउन यो निर्वाचन गरिएको हो । तर शाक्यको राजनीतिक र व्यक्तिगत उचाइ बुझेका सांसदहरु भने उनलाई जिताउन गुट नहरेर उनको पक्षमा वकालत गरिरहेका छन् ।

उम्मेदवार शाक्यले महिला खबरसँग कुरा गर्दै आफूले अहिलेसम्म कुनै गुटको वकालत नगरेर पार्टीको हितका लागि मात्रै काम गरेको विषयमा सांसदहरु अनभिज्ञ नरहेकाले आफूलाई दुवै पक्षका सांसदहरुको समर्थन रहेको बताइन् । उनले भनिन्, ‘सांसदहरुको राम्रो सल्लाह, सुझाव र साथ समर्थन पाएकी छु । निर्वाचन जित्छु भन्नेमा ढुक्क छु ।’

शाक्यले बिहीबार बेलुकी भएको भेटमा अध्यक्ष केपी ओलीले आफ्नो पूर्ण समर्थन रहेको भन्दै आफूलाई संसदीय दलको नेतामा उम्मेदवारी दिन समेत आग्रह गरेको शाक्यले बताईन् ।

संसदीय दलको नेता छान्न तीन नम्बर प्रदेशमा ५८ जना सांसदहरुले मतदान गर्दैछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: