अष्टलक्ष्मीलाई हराइयो


प्रकाशित मिति :2018-02-09 13:16:49

–महिला खबर–

काठमाडौं । नेकपा एमाले तीन नम्बर प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई हराइएको छ । केहि बेर अघि तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको निर्वाचनमा डोरमणी पौडेलले ३४ मत पाए भने शाक्यले २४ मत पाइन् ।

निर्वाचनको मत परिणाम सार्वजनिक भएलगत्तै शाक्यले महिला खबरसँगको टेलिफोन वार्तामा भनिन्, ‘मलाई हराइयो, यसमा मलाई दुख छैन । महिलाको योगदानलाई नेतृत्वले अपमान गरेकोमा निकै दुःख लागेको छ ।’

शाक्यले आफ्नो पराजयले एमाले पार्टी महिला नेतृत्व स्वीकार गर्न तयार नभएको कुरालाई प्रमाणित गरेको बताइन् ।

संसदीय दलको नेता नै प्रदेशको मुख्यमन्त्री बन्ने व्यवस्था छ । मुख्यमन्त्रीकी दाबेदार शाक्यले पनि हारेपछि अब सात वटै प्रदेशमा पुरुष मात्रै मुख्यमन्त्री बन्ने भएका छन् ।

समानुपातिक समावेशी सिद्धान्तको वकालत गर्ने वामपन्थी नेताहरुले आफ्नो भागमा परेका प्रदेशमा एक जना महिलालाई पनि मुख्यमन्त्री बन्न दिइनु पितृसतात्मक मानसिकताको प्रमाण हो भन्छिन्, महिला सुरक्षा दवाव समूहकी अध्यक्ष साबित्रा थापा ।

शाक्य नेकपा एमाले पार्टी उपाध्यक्ष हुन् भने पौडेल हेटौडा उपमहानगरपालिकाका पूर्व मेयर हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: