ललितपुर । गोरखा धोर्चे गाउँपालिकाकी ५४ वर्षकी रसधानी सुनारसँग पैसा नभएका कारण नागरिकता लिन सदरमुकाम पुग्न सकिनन् । घरबाट २ दिनको बाटो हिँडेर सदमुकाम पुग्ने पैसा नहुँदा गाँउमा बन्ने गरेका समुह र संघ संस्थामा आबद्ध हुन पाइनन् ।
उमेरले २० कटेकी धार्चे ७ कै शान्ति गुरुङ बुवाले पठाएको पैसा लिन गएको मंसिरमा गोरखा सदरमुकाम पुगिन् । तर उनीसँग नागरिकता नभएका कारण पैसा झिक्न नपाएपछि रित्तै फर्कन बाध्य भइन ।
शान्तिले नागरिकताका लागि वडा कार्यालय गए पनि ४५ वर्षीया आमा आइरनिको नागरिकता र विवाह दर्ता नै नभएको कारण नागरिकता बनाउन सकिनन् । अब उनी र उनी जस्तै महिलाले नागरिकता कसरी पाउन सक्छन् ?
गोरखाका प्रदेश सभा सदस्य, रामशरण बस्नेत र प्रमुख जिल्ला अधिकारी अधिकारी जितेन्द्र बस्नेत सहित उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ७ को लापुडाँडामा छायांकन गरिएको समकोण आज बेलुकी कान्तिपुर टेलिभिजनमा ।
Comment Here!