श्रीमती जलाउने श्रीमानलाई मुद्दा चलाउने तयारी


सासुससुरासहित तीन जना फरार

प्रकाशित मिति :2018-02-09 13:56:29

–महिला खबर–

काठमाडौं ।  श्रीमतीलाई ज्यूँदै जलाएर हत्याको प्रयास गर्ने २४ वर्षीय रसिद राइनलाई ज्यान मार्ने उधोगमा मुद्दा चलाउने तयारी भएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं ८ का रसिद राइनलाई मुद्दा चलाउने तयारी भएको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका सई रामेश्वर भण्डारीले बताए ।

महिला खबरसँग कुरा गर्दै भण्डारीले भने, ‘युवकको थप अनुसन्धान भइरहेको छ । जाहेरी दिएका मध्ये ससुरा ५५ वर्षीय अलिशेख कवारी, ५० वर्षीया सासू रामसुनरी खातुन र २० वर्षीया नन्द जाहिर खातुन भने फरार छन् । उनीहरूको खोजी कार्य जारी छ ।’

गत शनिबार हार्सर टोलकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले मट्टीतेल जिउमा छर्केर आगो लगाई हत्या गर्ने प्रयास गरेका थिए ।

हजाराको अहिले कीर्तिपुरमा उपचार भइरहेको छ । उनको शरीरको सबैजसो भाग जलेको छ ।

घरमै जलेर गम्भीर घाइते भएको जानकारी पाएसगैँ इलाका प्रहरी कार्यालय महेन्द्रनगरले युवतीको उद्धार गरेको थियो भने घटनास्थलबाटै श्रीमान रसिदलाई पक्राउ गरिएको थियो ।

युवतीका आमा खैरिलु खातुनले छोरी हजराको सम्बन्ध विच्छेद गर्न नमान्दा र नागरिकतका विषयमा घरपरिवारका सबै सदस्य मिली मट्टीतेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेको भन्दै चार जनाविरुद्ध किटानी जाहेरी दिएकी छिन् ।

यो पनि हेर्नुहोस्

http://mahilaakhabar.com/news/2018/02/07/37085.html

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: