दरबारमार्ग बलात्कार प्रकरणः प्रहरीको कमजोरी


प्रकाशित मिति :2018-02-09 14:30:00

–महिला खबर–

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा भएको सामुहिक बलात्कार घटनामा प्रहरीको कमजोरी देखिएको छ । प्रहरीद्वारा गठित छानबिन समितिले घटनामा प्रहरीको समेत कमजोरी देखिएको प्रतिवेदन तयार पारेको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक रामदत्त जोशीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले परिसरमा बिहीबार बुझाएको प्रतिवेदनमा महानगरीय प्रहरी वृत्तका अधिकारीहरूले पीडित पक्षलाई आर्थिक प्रलोभन देखाई मिलापत्र गराएर अपराध लुकाउनुका साथै छिपाउने काममा संलग्नता रहेको जनाएको छ ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक तिलक भारतीलाई कार्यालय प्रमुखबाट हटाइएको तथा प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र प्रहरी नायब निरीक्षक चन्द्रबहादुर भण्डारीलाई निलम्बन गरी तीनै जनालाई उपर हदैसम्मको कडाभन्दा कडा कारवाहीको सिफारिससमेत भएको र मुद्दा अनुसन्धानका क्रममा निजहरूले फौजदारी दायित्व वहन गर्नुपर्ने देखिएमा प्रचलित कानूनबमोजिम कारवाहीसमेत अगाडि बढाइने परिसरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

घटनामा परिसरबाटै पीडितको जाहेरी दरखास्त लिई घटनामा संलग्न भनी किटान भएका अभियुक्त शैलेश कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेलको खोजी जारी रहेको परिसरले जनाएको छ ।

यही माघ ७ गते दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा युवतीलाई ४ जनाको समूहले बलात्कार गरेको थियो । आफ्ना प्रेमीसँग होटलमा बसेकी ती युवतीलाई अबेर राति आएका अन्य ३ जना साथीले सामूहिक बलात्कार गरेका थिए ।

शुक्रबार बिहान करिब ८ बजे उनीहरूले ती युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भनेका थिए । युवतीले भने आफू बलात्कृत भएको बताउँदै महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा गइ उजुरी गरेकी थिईन् । पछि युवतीले महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: