अष्टलक्ष्मीलाई मुख्यमन्त्री बन्ने बाटो बन्दपछि यस्तो छ आलोचना


प्रकाशित मिति :2018-02-09 16:36:45

–महिला खबर–

काठमाडौं । प्रदेशसभाको निर्वाचन अघि नै मुख्यमन्त्रीको रुपमा हेरिएकी अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको निर्वाचनमा हराइएपछि चौतर्फी आलोचना भइरहेको छ ।

प्रदेश निर्वाचनमा उम्मेदवार सिफारिस गर्दा नै नेकपा एमाले प्रदेश तीनको सचिवालय बैठकले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रीय कार्यालयसँग आग्रह गर्ने निर्णय गरिसकेको अवस्थामा संसदीय दलको नेता छान्न निर्वाचन निहुँ बनाएर शाक्य हराएपछि सामाजिक सञ्जालमा पनि निकै आलोचना भइरहेको छ ।

सात वटै प्रदेशमा अरु कुनै पनि सांसद महिलाले मुख्यमन्त्रीमा इच्छा नदेखाएको बेला अष्टलक्ष्मी मात्रै मुख्यमन्त्रीका लागि प्रयासरत थिइन् ।

शाक्य मुख्यमन्त्री हुँदा एमाले मात्रै नभई वाम गठबन्धनकै लागि शान र गर्वको विषय बन्ने अवसर थियो । तर त्यो सुवर्ण अवसर गुमाएर नेकपा एमालेले आफूले पाएका चार वटै प्रदेशमा पुरुषलाई मात्रै मुख्यमन्त्री बनाएको छ ।

शाक्यलाई सर्वसम्मत संसदीय दलको नेता चुनेर मुख्यमन्त्रीको लागि ढोका खोलिदिनु पर्ने अवस्थामा आकांक्षी धेरै भएको बहानामा निर्वाचनमार्फत शाक्य हराउनु महिला नेतृत्व स्वीकार नगरेको टीप्पणी गर्छिन्, महिला सुरक्षा दवाव समूहकी अध्यक्ष साबित्रा थापा ।

सामाजिक सञ्जालमा यस्तो छ आलोचना

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: