नागरिक सरहको अधिकार पाए अर्जुनले


प्रकाशित मिति :2018-02-09 17:18:25

–कल्पना भट्टराई–
काठमाडौं—‘मसँग नागरिकता छैन् । मेरो छोरीको जन्म दर्ता कसरी गर्न मिल्छ’ ? महोत्तरीको माटिहानीका अर्जुन शाहले यो प्रश्नको जवाफ खोज्दै हिजो फेसबुकमा स्टार्टस पोष्ट गरेका थिए । ‘छोरी विद्यालयमा जाँदा शिक्षकले जन्मदर्ता मागेका छन् । तर बाबुको नागरिकता नभइ छोरीको जन्मदर्ता बनाउन नमिल्ले प्रतिक्रिया वडा अध्यक्षले दिएको, उनले फेसबुकमा लेखेका थिए ।

आफ्नो नागरिकता नहुँदा छोरीको पनि जन्मदर्ता हुन नसकेकोमा दु:खी हुँदै बिहीबार फेसबुकमै गुनासो गरेका अर्जुनले यसको समाधानको उपाय मागेका थिए । बिद्यालयले जन्मदर्ता मागेपछि उनले हिजो नै सर्वोच्च अदालतमा अधिवक्ता सुनिल कुमारको वारेशनामामा रिट (निवेदन) दर्ता गराएको थिए ।

नागरिकता नहुदा छोरीको जन्म दर्ता गराउन समस्या भएको, बैकंको खाता खोल्न र रोजगारीको लागि समस्या भएको भन्दै नागरिकता नबन्दासम्म नागरिकताबाट हुने सबै काम नरोकियोस् र नेपाली नागरिक सरहको अधिकार पाऊँ भनि रिट निवेदन दर्ता गराइएको थियो ।

सर्बोच्च अदालतले शुक्रबार त्यस रिट माथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायधिश शारदा प्रसाद घिमिरेको एकल इजलाशले नेपाली नागरिक सरहको अधिकार पाउने भनि अन्तरिम आदेश गरेको अधिवक्ता सुनिल कुमार चौहानले महिला खबरलाई बताए ।

तत्काल नागरिता नपाए पनि नागरिक सरहको सुविधा पाउने भनि सर्वोच्चले गरेको आदेशले निकै खुसी बनाएको अर्जुनले महिला खबरसँग बताए । उनी भन्छन्, ‘लामो समय संघर्ष गरेपछि बल्ल न्याय पाएको अनुभुती भएको छ ।’

यसअघि उनले आमाको नामबाट नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा निवेदन दिए पनि नागरिकता दिन अस्वीकार गरिएको थियो । नागरिकता पाउन नसकेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरी लगायतकालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा ७ फागुन २०६९ मा मुद्दा दायर गरेका थिए । उनको मुद्दा अझैँसम्म विचाराधीन छ ।

उनका बुवा अरुण कुमार शाह भारतमै जन्मिए पनि विवाहपछि नेपालमा बस्दै आएका छन् । उनी ३७ बर्षदेखि नेपालमै बस्दै आएका छन् । उनको भारतीय नागरिकता समेत छैन् । अर्जुनकी आमा मिथिलाकुमारी साह नेपालमै जन्मिएकाले ६ साउन २०४९ मा जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । उनी सरकारी जागिरे हुन् ।

यस्तो छ सर्वोच्चको आदेश

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: