लैंगिक विज्ञ चाँदनी जोशी राष्ट्रिय सभा सदस्य नियुक्तिका लागि सिफारिस


प्रकाशित मिति :2018-02-09 14:00:54

–महिला खबर–

काठमाडौं । लैंगिक विज्ञ चाँदनी जोशी राष्ट्रिय सभा सदस्य नियुक्तिका लागि सिफारिस भएकी छन् । मन्त्री परिषदको बैठकले राष्ट्रियसभा सदस्य नियुक्तिका लागि उनलाई सिफारिस गरेको हो ।

जोशी महिला विकासका लागि संयुक्त राष्ट्र संघीय कोष (युएनआइएफइएम)को दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन् । ७२ वर्षीया जोशीले पद्यकन्या क्याम्पसमा पनि प्राध्यापन गरेकी थिइन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले राष्ट्रियसभाका तीन सदस्य नियुक्तिका लागि चाँदनीसँगै गोपाल बस्नेत र कृष्णप्रसाद पौडेललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको छ ।

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ जना निर्वाचनबाट चुनिएर आउँछन् भने तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

बस्नेत झापाका कांग्रेस नेता हुन्। उनी कांग्रेस झापाका पूर्वसचिव हुन्। कांग्रेस विभाजित हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति बनेका थिए।

कृष्णप्रसाद पौडल कांग्रेस केन्द्रीय कार्यालयका सचिव हुन्। स्याङ्जाका पौडेल यसअघि नेपाल शिक्षक संघ काठमाडौंका अध्यक्ष हुन्। उनी २ वर्षअघि केन्द्रीय कार्यालयका मुख्य सचिवमा नियुक्त भएका थिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: