सञ्चारिका पश्चिमाञ्चल अध्यक्ष जमुना पुरस्कृत


प्रकाशित मिति :2018-02-11 12:49:59

–महिला खबर–

पोखरा । यस वर्षको टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट सञ्चारिका समूह पश्चिमाञ्चल अध्यक्ष जमुना वर्षा शर्मा पुरस्कृत भएकी छन् । उनलाई प्राज्ञ तीर्थ श्रेष्ठ, गायिका हरिदेवी कोइराला, नेपाल पत्रकार महासंघका सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले नगद २० हजार १ रुपैयाँसहित पुरस्कार हस्तान्तरण गरेका हुन् ।

पोखरा–५ प्रस्याङ निवासी सुवर्णप्रसाद कोइराला तथा उनको परिवारबाट स्थापित सो पुरस्कारबाट हरेक वर्ष एक जना संचारकर्मीलाई पुरस्कृत गरिदै आएको छ ।

पत्रकार पुण्य पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसलाई पत्रकार महासंघ कास्कीले सम्मानका लागि छनौट गरेको थियो ।

समितिमा रमेश पौडेल, माधव पनेरु तथा महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सना पदेन सदस्य थिए ।

पोखरा एक्सप्रेस पाक्षिकको प्रधान सम्पादक जमुना देशसंचार मल्टिमिडिया अनलाईन तथा रेडियो जननीमा पनि आवद्ध छिन् ।

२०५७ सालमा धवलप्रभात मासिकवाट पत्रकारिता सुरु गरेकी वर्षाले माछापुच्छ्रे एफएम, पोखरापत्र दैनिक, महिला खबरडटकमको क्षेत्रीय संवाददाताको रुपमा काम गरिन् । उनी नेपाल पत्रकार महासंघको केन्द्रीय पार्सद र प्रेस चौतारीको केन्द्रीय सदस्य हुन् ।

पुरस्कारबाट यस अघि मरणोपरान्त स्व. उमा सिँह, रामकृष्ण ज्ञवाली, रीता गुरुङ, ईश्वरी न्यौपाने, गणेश पाण्डे, दीपेन्द्र श्रेष्ठ, ऋषि धमला र माधव पनेरु पुरस्कृत भईसकेका छन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: