कुमारित्व परीक्षणमा प्रतिबन्ध लगाउन भारतमा सामाजिक आन्दोलन


प्रकाशित मिति :2018-02-11 15:14:58

काठमाडौं । पश्चिम भारतको महाराष्ट्र राज्यको एक फिरन्ते जीवन बिताउने समुदायमा गरिने नवविवाहित महिलाको कुमारित्व परीक्षणमा रोक लगाउन आन्दोलन सुरु भएको छ । अभियानकर्ताहरूले उक्त अपमानजनक अभ्यासलाई अन्त्य गर्ने दृढ संकल्प लिएकाबारे बिबिसी मराठीसंवाददाता प्राजक्ता ढुलपले रिपोर्ट तयार पारेकी छिन् ।

वाईस वर्षीया अनिता भन्छिन् ‘दुई वर्ष अघिको उनको विवाहको अग्नि परीक्षा सम्झँदा हरेक पटक उनका आँखामा आँशु आउँछ ।’ दुई लाख मानिस रहेको कान्जरभाट समुदायका अरु महिला जस्तै अनिता पनि उनी ‘कुमारी’ छन् की छैनन् भनेर निश्चित गर्न विवाहको रात ‘कुमारित्वको परीक्षण’ गर्न बाध्य पारिएकी थिईन् ।

यो अभ्यास समुदायमा हुने हरेक विवाहको अभिन्न अंग जस्तै देखिएको छ र स्थानीय गाँउ परिषद्बाट यसलाई सहयोग मिलेको छ ।
कुनै परिवार वा गाउँ परिषद्ले दम्पत्तीलाई होटेलको भाडाको कोठामा लिएर जान्छन् र उनीहरूलाई एउटा सेतो तन्ना दिन्छन् । त्यहाँ दम्पत्तीले यौन सबन्ध राख्छन् भन्ने अपेक्षा गरिन्छ । दम्पत्तीका परिवारहरू र परिषद् सदस्यहरू बाहिर पर्खन्छन् । यदि यौन सम्बन्धको क्रममा बेहुलीको यौनांगबाट रगत बग्यो भने उनी कुमारी मानिन्छिन् र यदि यस्तो भएन भने नतिजा गम्भीर हुन सक्छ ।
यदि श्रीमतीहरू पवित्र ‘प्रमाणित’ भएनन् भने बेहुलाहरूले विवाह खारेज गर्न सक्छन् । ती महिलालाई सार्वजनिक रुपमा अपमानित गरिन्छ । आफ्नै परिवारका सदस्यहरूबाट कुिटन्छन् पनि ।

पहिलो पटक यौन सम्बन्ध राख्दा महिलाहरूको रगत नबग्न सक्छ भन्ने कुरा विज्ञहरूले बताउँदै आएका छन् । दिल्लीकी प्रसुति रोग विशेषज्ञ डा.सोनिया नायक भन्छिन् ‘महिलाले पहिलो पटक यौन सम्बन्ध राख्दा रगत नबग्ने धेरै कारणहरू हुन सक्छन् ।’ जस्तै धेरै खेलकुद वा हस्तमैथुन क्रियाकलाप गरेको कारणले यौन क्रियाकलाप कसरी गरिन्छ भन्ने कुराले पनि योनीबाट रगत बग्ने वा नबग्ने स्थिति आउन सक्छ, विशेषज्ञ भन्छिन् । यौन सम्पर्क राख्ने साथीले महिलाको पहिलो यौन सबन्ध भए पनि रगत नबगाइ यौन सम्बन्ध राख्न सहयोग गर्न सक्छन् ।

अनिताले सोही श्रीमानसँग विवाह हुनु पहिले सहमतिमा यौन सम्बन्ध राखिसकेकी थिईन् । ‘मैले सोचेकी थिएँ गाउँ पञ्चायतको अगाडि मेरो श्रीमान् मेरो पक्षमा उभिनेछ तर उनीहरूले म पवित्र छु की अपवित्र छु भनेर सोध्दा उसले रगतको दाग नलागेको तन्ना तर्फ देखायो र मलाई झूटो भन्यो’ उनले भनिन् ।
‘म स्तब्ध भएँ । उसकै आग्रहमा म छ महिनादेखि उसँग व्यक्तिगत सम्बन्धमा थिएँ,’ उनले थपिन्, ‘गाउँ परिषद्ले मलाई ‘अशुद्ध’ घोषणा गर्यो ।’
अनिताको श्रीमानले शुरुमा विवाहलाई खारेज गर्न चाहेका थिए किनकी कुमारित्व परीक्षणमा उनी असफल भएकी थिईन् । केही सामाजिक कार्यकर्ताहरू र प्रहरीको दबाबमा उनले विवाहलाई निरन्तरता दिएका थिए । तर श्रीमान्को पिटाइ र अपमानजनक व्यवहारबाट उनी ज्यादै पीडित भएको उनले बताइन् ।
गाउँ परिषद्ले उनीहरूको जोडीलाई झूठो भन्दै सामुदायिक कार्यहरूमा सहभागी हुनबाट निषेध गरेको थियो । ‘म गर्भवती भएपछि पनि अवस्था सुध्रिएन । मेरो श्रीमानले बारम्बार सोधिराख्थ्यो कि ‘यो कस्को बच्चा हो ?’ परिषद् सदस्यहरूले अझै पनि उसलाई यही कुरा सोधि राख्छन्,’ अनिताले भनिन् ।

दुई महिना अघि उनी नवजात छोरा सहित घरबाट निकालिईन् र अहिले बाबुआमासँग बसिरहेकी छिन् । तर उनी भन्छिन्, ‘कुमारित्व परीक्षणमा असफल हुनुको लाञ्छनाले उनको सम्पूर्ण जीवन नै प्रभावित भएको छ । यसको कारण उनका बहिनीहरूको विवाह हन सकेको छैन ।

विवेक तमैचेकर, २५, ले उनको समुदायका युवा माझ कुमारित्व परीक्षण खारेज गर्न अभियान सुरु गरेका छन् । उनी भन्छन्, ‘यस्तो प्रतिगामी अभ्यासको अन्त्य हुनुपर्छ ।’

‘यो पूर्ण रुपमा दम्पत्तीको व्यत्तिगत अधिकारको उलंघन हो । जुन तरिकाले यो गरिन्छ एकदमै अप्रिय तरिकाले र मानसिक आघात पार्ने खालको छ । धेरै मानिसहरू कोठा बाहिर बस्छन् र भित्र बसेको जोडीलाई यौन सम्बन्ध राख्न बाध्य पारिन्छ । प्रायः जसो बेहुलालाई रक्सी खुवाइन्छ र अश्लिल भिडियोपनि देखाइन्छ,’ उनले भने, ‘अर्को दिन उसलाई समारोहमा बोलाइन्छ र धेरै अपमानजनक शब्दमा सोधिन्छ की उसकी श्रीमती पवित्र छन् वा छैनन् भनेर ।’

तमैचेकर १२ वर्षको हुँदा एक विवाह समारोहमा सहभागी भएका थिए । त्यहाँ अचानक मानिसहरूले बेहुलीलाई जुत्ता चप्पलले आक्रमण गर्न सुरु गरे । ‘के भइरहेको थियो भन्ने मैले बुझ्न सकिन’ उनले भने, ‘जब म अलिक ठूलो भएँं मैले महशुस गरें की के भएको थियो भन्ने ।’

यहि वर्षको अन्त्यमा बिहे गर्ने योजना बनाएका तमैचेकर र उनकी प्रेमिकाले पुना शहरको पञ्चायतमा खबर गरिसकेका छन् कि उनीहरू यस्तो परीक्षण गर्ने छैनन् । तर उनी चाहन्छन् की उनको समुदायका अरु युवाले पनि यस्तै अडान राखून् र यो अभ्यास तोडून् ।
उनले ह्वाट्स एपमा ‘स्टप द भि रिचुअल’ समूह सुरु गरे । यसममा ६० सदस्यहरू छन् जसमध्ये आधा संख्यामा महिला छन् । उनीहरूले समुदायका अरु मानिसहरूलाई यस्तो अभ्यास रोक्न सम्झाउने प्रयास गर्छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: