प्रदेश ३ को उपसभामुखमा राधिका निर्विरोध


प्रकाशित मिति :2018-02-11 15:46:08

-महिला खबर-

ललितपुर । प्रदेश नम्बर ३ को प्रदेशसभा उपसभामुखमा नेकपा माओवादी केन्द्रकी राधिका तामाङ निर्विरोध भएकी छिन् ।

आइतबार प्रदेशसभा ३ को उपसभामुख पदको निर्वाचनमा तामाङको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । ३४ वर्षकी तामाङ नुवाकोट १(क) बाट प्रदेश सांसदमा निर्वाचित भएकी हुन् ।

तामाङको उम्मेदवारीमाा नेकपा एमालेका संसदीय दलका नेता डोरमणी पौडेल प्रस्तावक थिए भने नेकपा माओवादी केन्द्र संसदीय दलको उपनेता कुमारी मोक्तान समर्थक थिइन् । पूर्व कृषि राज्यमन्त्री तामाङ हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: