शरणार्थी महिला र बालबालिकाप्रति राष्ट्रसंघको चासो


प्रकाशित मिति :2018-02-12 16:15:42

संयुक्त राष्ट्रसंघले शरणमाग्दै विभिन्न स्थानमा पुगेका शरणार्थी महिला र बालबालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ ।

यसरी शरण मागेर शिविरमा बस्ने गरेका महिला र बालिकामाथि यौनहिंसा तथा यौनजन्य दुव्र्यवहार बढ्ने गरेको पाइएको राष्ट्रसंघीय शरणार्थी नियोग, युएनएचसिआरले जनाएको छ ।

हालै गरिएको एक सर्वेक्षणमा उनीहरुमाथि यस्तो दुव्र्यवहार हुने गरेको पाइएको छ । उक्त नियोगकै संलग्नतामा हालैमात्र ग्रिसमा रहेको शरणार्थी शिविरमा गरिएको एक अनुसन्धानबाट यस्तो अवस्था देखिएको पाइएको थियो ।

उक्त नियोगले भनेको छ, हामीले हालै पाएको यस्तो अवस्थाबाट हामी निकै चिन्तित छौँ र यसको निराकरणका लागि सबैको उत्तिकै सहयोगको अपेक्षा गरेका छौँ ।
उक्त नियोगले यो अवस्थाको निराकरणका लागि सरकारलाई नै आग्रह गरेको छ । सन् २०१७ मा यस्तो सर्वेक्षण गरिएको थियो ।

नियोगका अनुसार ग्रिसको ग्रिस एजिङ टापूमा रहेका शरणार्थी शिविरहरुमा यस्तो अनुसन्धान गरिएको थियो ।

उक्त अनुसन्धानमा सहभागी भएका ६२२ जना आप्रवासी शरणार्थीमध्ये २८ प्रतिशतले आफूहरुमाथि यौनजन्य हिंसा र लैंगिक हिंसा गरिएको बताएका थिए ।

यस्तो प्रतिवेदनले नियोगलाई निकै चिन्तित तुल्याएको भन्दै ती बेसहाराहरुको अधिकार संरक्षणका लागि सरकारले विशेष ख्याल गर्नुपर्नेमा युएनएचसिआरका प्रवक्ता सिसिले पाउलीले बताउनुभयो ।

उहाँले शरणार्थी शिविरहरुमा सुरक्षा र न्युनतम आवश्यकताको परिपूर्तिका लागि मापदण्डहरु बनाएर कामगर्न पनि आग्रह गर्नुभएको छ ।

ती शिविरहरुमा कम्तीमा पनि ५ हजार ५०० जना शरणार्थी बसेका छन् । उनीहरु ती शिविरको क्षमताभन्दा बढीको संख्याका हुन् । त्यसैले गर्दा पनि उनीहरुको अवस्था सुधारका लागि ध्यान दिनुपर्ने उक्त नियोगले जनाएको छ ।

अनुसन्धानमा संलग्न भएका महिला र बालिकाहरुले आफूहरुमाथि यौनजन्य हिंसा हुने गरेको र लैंगिक विभेदका पनि कैयौँ घटना सहनुपरेको धारणा राखेका थिए ।

विभिन्न देशमा असुरक्षा, आन्तरिक द्धन्द्ध, गरिबी तथा अरु विविध कारणले गर्दा नागरिकहरु देश छोडेर भाग्नु परिरहेको छ । उनीहरु युरोपका विभिन्न देशमा शरणार्थीका रुपमा बसिरहेका छन् ।

-एजेन्सीकाे सहयाेगमा

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: