-महिला खबर–
ललितपुर । नागरिकताको विषयमा आफ्नै परिवारले मट्टितेल छर्कीएर जलाइएकी धनुषाको क्षिरेश्वरनगरपालिका ८ की हजरा खातुनको सोमबार मृत्यु भएको छ ।

-फाइल फोटो-
२० वर्षीया हजारालाई यही माघ २० गते २४ वर्षीय रसिद राइन, ५५ वर्षीय ससुरा अलिशेख कवारी, ५० वर्षीया सासू रामसुनरी खातुन र २० वर्षीया नन्द जाहिर खातुनले मट्टितेल छर्किएर घाइते बनाएका थिए ।
हजारालाई जनकपुर अञ्चल अस्पतालमा उपचार हुन् नसकेपछि काठमाडौं किर्तिपुर अस्पतालमा रेफर गरिएको थियो । अस्पतालका डा.कमलराज पाठकले हजराको सोमबार मृत्यु भएको महिला खबरलाई जानकारी गराए ।
हजराको ५० प्रतिशत भन्दा बढी भाग गहिरोसंग जलेको थियो । श्रीमान रसिदलाई प्रहरीले आइतबार म्याद थप गरेर अनुसन्धान गरिरहेको छ भने सासुससुरा र चन्द भने फरार छन् ।
विस्तृतमा यो पनि पढ्नुहोस्
http://mahilaakhabar.com/news/2018/02/11/37197.html
Comment Here!