महिला भलिबल प्रतियोगिता – उपाधिका लागि शिबम न्यु डायमण्ड र एपीएफ भिड्ने


प्रकाशित मिति :2018-02-13 10:37:30

-महिला खबर-
चितवन । चितवनको पर्यटकीय नगरी पटिहानीमा आयोजित प्रथम मेयर कप अन्र्तराष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा शिबम न्यु डायमण्ड एकेडेमी काठमाडाै‌ फाईनलमा प्रवेश गरेको छ ।

दोस्रो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई (२५–१४) , (२५–१२) र (२५– २१) को सोझो सेटमा पराजित गर्दै डायमण्ड फाइनलमा प्रवेश गरेको हो । सेमीफाइनल समीकरण पूरा भएसँगै उपाधिका लागि न्यू डायमण्ड र एपीएफ क्लव भिड्ने पक्का भएको छ । फाईनल खेल आज दिउँसो १ बजे एपीएफ क्लब र शिबम न्यु डायमण्ड एकेडेमीको बिचमा हुने भएको छ ।
तेस्रो स्थानका लागि अाज  नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबकोबीच खेल भइरहेकाे खेलका प्रचारप्रसार संयोजक रामहरि सेढाइले जानकारी दिए ।
विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्काे विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । एपीएफले पुलिसविरूद्ध (२५–१४) , (२७–२५) र (२५–१५) को जित निकालेको म्याच कमिस्नार लेखनाथ शर्मा पराजुलीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: