हजरा त रहिनन्, माइतीको थाप्लोमा ऋणै ऋण


श्रीमानलाई कर्तव्य ज्यान मुद्दा चलाउने तयारी

प्रकाशित मिति :2018-02-13 13:52:58

–महिला खबर–
ललितपुर । परिवारबाटै मट्टितेल छर्कीएर आगो लगाएपछि उपचारका क्रममा मृत्यु भएकी धनुषा क्षिरेश्वरनाथ नगरपालिका १० की हजरा खातनुको उपचारमा ऋणै ऋण लागेको माइती पक्षले बताएका छन् ।

गत २० गते शनिबार बिहान ८ बजे नागरिकता र सम्बन्ध विच्छेदको निहुँमा हजरालाई २४ वर्षीय श्रीमान सरिद राइन, ५५ वर्षीय ससुरा अलिशेख कवारी, ५० वर्षीया सासू रामसुनरी खातुन र २० वर्षीया नन्द जाहिर खातुनले मट्टितेल छर्कीएर आगो लगाएका थिए । आफ्नो ज्यानमा आगो लागेपछि हजरा घर नजिकैको पानीको डुबिल्कोको लडिबुडी गरेर आगो निभाएकी थिइन् ।

हजरालाई महेन्द्रनगर प्रहरीले उद्दार गरि जनकपुर अञ्चल अस्पतालमा लगेको थियो । त्यहाँ उपचार हुन नसकेपछि किर्तिपुर अस्पतालमा रेफर गरिएको थियो । उनको ५० प्रतिशत भन्दा बढी भाग गहिरोसँग जलेको अस्पतालका डा. कमलराज पाठकले महिला खबरलाई जानकारी गराएका थिए । हजराको उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।

-फाइल फोटो-

किर्तिपुर अस्पतालमा ८ दिन भर्ना हुँदा शल्यक्रिया शुल्क सहित कूल खर्च २६ हजार ४ सय १० रुपैयाँ लागेको अस्पतालले जनाएको छ । सोमबार मृत्यु भएपनि हजराको उपचारमा लागेको बिल तिर्न नसक्दा आज बिहान मात्र तिरिएको छ । उपचारमा लागेको खर्चमध्ये ३ हजार ९ सय ६२ रुपैयाँ छुट गरिएको अस्पतालका कर्मचारी हिरानन्द बज्राचार्यले महिला खबरलाई जानकारी दिए ।

हजाराका मामा हसिय मियाले भारतबाट छाला किन्दा ३ लाख रुपैयाँ भन्दा बढी खर्च भएको बताए । यस्तै औषधी, एम्बुलेन्स र जनकपुर अञ्चल अस्पतालमा उपचार गर्दा करिब ५ लाख रुपैयाँ खर्च लागेको मामा मियाले बताए । छोरीलाई जलाइएसँगै हजराका बाबुआमा गाउँमा चन्दा संकलन गर्न थालेका थिए ।

यसअघि हजराको विवाहमा माइती पक्षले १३ लाख रुपैयाँ भन्दा बढी खर्च गरेका थिए । माइतीले ऋण खोजेर हजराको विवाह गरेका थिए । उनको विवाहमा नगद एक लाख रुपैयाँसहित सुन, चाँदी लगायत फर्निचरका सामानहरू दाइजो दिइएको काइलो दाजु सरीफ राइनले बताए । ‘घरजग्गा साहुकोमा बन्धकी छ । हजराको उपचारका झण्डै पाँच लाख भन्दा बढी खर्च भएको छ । सबै ऋण खोजेर ल्याएको हो । न बहिनी नै रहि ’ हजराका दाजु सरफले भने ।

श्रीमानलाई कर्तव्य ज्यान मुद्दा चलाउने तयारी

आफ्नै परिवारले मट्टितेल छर्कीएर आगो लगाएपछि उपचारका क्रममा मृत्यु भएकी धनुषा क्षिरेश्वरनाथ नगरपालिका १० की हजरा खातनुको श्रीमानलाई कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भएको प्रहरीले बताएको छ ।

धनुषा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका सई रामेश्वर भण्डारीले महिला खबरसँग कुरा गर्दै हजराका श्रीमान २४ वर्षीय रसिद राइनलाई कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भएको बताए । प्रहरीले राइनलाई जिल्ला अदालतबाट थप सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

यसअघि प्रहरीले राइनलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी गरेको थियो । हजराको मृत्यु भएपछि श्रीमान रसिदलाई कर्तव्य ज्यानमा मुद्दा चलाउने तयारी भएको हो । प्रहरीले हजराका श्रीमानलाई भने घटना स्थलबाटै पक्राउ गरेको थियो ।

अझै फेला परेनन् सासु, ससुरा र नन्द
छोरीलाई जलाइएपछि हजाराकी आमा खैरुल खातुनले छोरीलाई जलाएर हत्या गर्ने प्रयास गरेको भन्दै २५ वर्षीय ज्वाँइ रसिद राइन, हजाराका ५५ वर्षीय ससुरा अलिशेख कवारी, ५० वर्षीया सासू रामसुनरी खातुन र २० वर्षीया नन्द जाहिर खातुन विरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी दिएकी थिइन् ।

हजारालाई जलाइएको भोलीपल्ट सासू रामसुनरी खातुन हस्पिटलसम्म त आइन्, तर जाहेरी परेको थाहा पाउने बित्तिकै फरार छन् । अन्य सदस्यलाई समेत प्रहरीले पक्राउ गर्न सकेको छैन् । सई भण्डारीले उनको खोजी भइरहेको बताए । उनले भने, ‘खोजी कार्य तीव्र पारेका छौं ।’

यो पनि हेर्नुहोस्

http://mahilaakhabar.com/news/2018/02/11/37197.html

 

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: