एक महिनामा एक सय ६३ महिलामाथि हिंसा


प्रकाशित मिति :2018-02-13 15:59:31

–महिला खबर–

ललितपुर । गएको जनवरी महिनामा मात्र एक सय ६३ महिलामाथि हिंसाका घटना छन् । ती मध्ये २१ प्रतिशत (३५जना) महिलामाथि यौन हिंसाका घटना भएका छन् । यौन हिंसाका घटनाहरू मध्ये सबै भन्दा बढी ५७ प्रतिशत (२० जना) महिलाहरूमाथि बलात्कार भएको छ ।

ओरेक नेपालले राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित समाचार तथा ओरेक नेपालमा आएका उजुरीका आधारमा यो अभिलेख तयार गरेको जनाएको छ ।

१२ प्रतिशत (५ जना) महिलाहरू माथि सामूहिक बलात्कार भएको छ । त्यसैगरी १७ प्रतिशत महिलामाथि बलात्कारको प्रयास भएको छ । १४ प्रतिशत महिलाहरू यौन दूव्र्यवहारको शिकार भएको यो महिनाको तथ्याङ्कले देखाएको छ ।

यौन हिंसाबाट प्रभावित महिलाहरू मध्ये ४९ प्रतिशत १६ बर्ष मुनिका र ५१ प्रतिशत १७ देखि ३५ बर्ष उमेर समूहका छन् । छिमेकीबाट ४५ प्रतिशत र नजिकका साथीबाट २२ प्रतिशत यौन हिंसा हुने गरेको छ ।

जनवरी महिनामा संकलन गरिएको महिला हिंसाका घटना मध्ये सबै भन्दा बढी २५ प्रतिशत शारीरिक हिंसा र २० प्रतिशत मानसिक हिंसा भएको छ । यसैबिच ओरेक नेपालमा  एक वर्षको अवधिमा यौन हिंसाका एक सय ४४ उजुरी परेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: