ललितपुर । थाईल्याण्डको एक महिलाले रेलमार्गमा साथीसँग रेल नजिकै सेल्फि लिने क्रममा ज्यान गुमाउनु परेको छ ।
उनीहरुको एक साथीले बताए अनुसार उनीहरुको अधिक मात्रामा मदिरा सेवन गरेका थिए र उनीहरुले रेलसँग सेल्फि लिने निर्णय गरे । तर उनीहरुले अर्को रेल नजिकै आएको पत्तो पाएनन्, प्रहरीले भने । चौबीस वर्षीया घाइते महिलाको खुट्टा उछिट्टिएको थियो । उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भयो । उनका पुरुष साथी गम्भीर घाईते भए पनि बाँच्न सफल भए ।
रेलसँग र खतरनाक स्थानमा सेल्फि लिँदा मृत्यु हुनेहरुको संख्या बढिरहेको छ ।
यो घटना गत हप्ता बिहिबार बिहान ब्याङ्ककको सामसेन रेलवे स्टेसनमा भएको हो र घटनाको छानबिन भइरको प्रहरी अधिकृत विसानुसक सेब बताउँछन् ।
तीव्र गतिमा गुडिरहेको रेलको अगाडि फोटो र भिडियो खिच्ने चलन भारतमा निकै बढेको पाइन्छ । सन् २०१८ को जनवरीमा हैदराबादमा एक पुरुषको नजिंकिदै गरेको रेलसँगै भिडियो लिन खोज्दा रेलको ठक्करबाट मृत्यु भएको थियो ।
सन् २०१७ को अक्टोवर महिनामा तीन जना किशोरहरुको कर्नाटकमा र दुई जनाको दिल्लीमा गुडिरहेको रेलमा सेल्फि लिनेक्रममा मृत्यु भएको थियो ।
साभारः– बीबीसी
Comment Here!