–महिला खबर–
काठमाडौं । मादक पदार्थ सेवन गरि महिलालाई यौनजन्य दुव्र्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।
बारा जिल्लाको निजगढ नगरापालिका वडा नम्बर ५ का शिव भनिने देवराज गौतमलाई महिलामाथि यौनजन्य दुव्र्यवहार गरेको आरोप पक्राउ गरिएको हो ।
माघ २५ गते गौतमले मादक पदार्थ सेवन गरि महिलालाई यौनजन्य दुव्र्यवहार गरेको जाहेरी माघ २९ गते सोमबार दर्ता भएपछि गौतमलाई सोही दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिपक रायले महिला खबरलाई जानकारी दिए । पक्राउ परेका गौतमको आम म्याद थप भई अनुसन्धान भईरहेको पनि प्रहरी निरीक्षक रायले बताए ।
यौन दुव्र्यवहार खेपेकी गरिव आर्थिक अवस्थाकी महिलाले भने स्थानीय केही राजनीतिक दलका मान्छेहरुले पैसाको प्रलोभन दिई घटना फिर्ता लिन धम्की दिइरहेको बताएकी छन् ।
Comment Here!