बालिका बलात्कार घटना: ‘प्रलोभनमा बयान फेरियो’


पीडकले धम्क्याएर बयान फेर्न लगाएको भन्दै पीडित पक्ष पुन: बकपत्रका लागि अदाल

प्रकाशित मिति :2018-02-15 12:01:16

भरतपुर — १२ वर्षीया छोरी बलात्कारमा परेको भन्दै आमाले गत कात्तिक २६ गते प्रहरीमा किटानी जाहेरी दिइन् । पीडक पक्षले आर्थिक प्रलोभन र धम्क्याएर बयान फेर्न लगाए । अहिले बालिकाकी आमा फेरि बकपत्र गर्न पाउनुपर्ने माग गर्दै अदालत पुगेकी छन् । बालिकालाई रत्ननगर नगरपालिका–१ मा बालगृह सञ्चालन गरिरहेका भक्तिनी बगैंचाका ६१ वर्षीय गोविन्द ढकालले गत भदौ २५ गते राति बलात्कार गरेको दाबीसहित आमाले जाहेरी दिएकी थिइन् ।

पटक–पटक करणी गर्दा बालिकाको तल्लो पेट दुख्न थाल्यो । पीडा बढेपछि ढकालले उनलाई सुर्खेतस्थित घर पठाए । उनले बालिकाकी आमालाई फोन गरी ‘छोरी आउँछु भनेकाले पठाएको’ बताएका थिए । पढ्न पठाएकी छोरी अचानकआउने खबरले आमा छक्क परिन् । ‘लालनपालन र अध्ययनका लागि पठाइएकी छोरी घर आउँदै छ भन्ने खबरले छक्क परें,’ उनले भनिन्, ‘छोरीले पटक–पटक जबरजस्ती करणीमा परेको सुनाएपछिपीडा भयो ।’ आमाले छिमेकीको सहयोगमा चन्दा उठाएर छोरीलाई तत्काल वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पतालमा परीक्षण र उपचार गराइन् । स्वास्थ्य परीक्षणमा योनिमा घाउ र खुलेको देखियो ।

अधिकारकर्मीले करणीविरुद्ध जाहेरी दिन सुझाएपछि न्यायका लागि बालिकाकी आमा चितवन आइन् । जिल्ला प्रहरीमा ढकालविरुद्ध कात्तिक २६ गते किटानी जाहेरी दर्ता गराइन् । प्रहरीले ढकाललाई तत्काल पक्राउ गर्‍यो । उनले अनुसन्धान क्रममा करणी स्वीकारेनन् । आफूलाई फसाउन खोजेको आरोप लगाए ।

बालिकाले अदालतसमक्ष ढकालले पटक–पटक करणी गरेको बयान दिएकी थिइन् । बालिका र उनकी आमाले दिएको बयानको भिडियो रेकर्ड कान्तिपुरसित सुरक्षित छ । ढकाललाई इलाका प्रहरी टाँडीले अनुसन्धानपछि जिल्ला अदालतमा पेस गरेको थियो । अदालतले उनलाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ ।

यसरी उल्ट्याइयो बयान

मुद्दाको नियमित सुनुवाइका लागि पुस १४ गते पीडितलाई अदालत झिकाइएको थियो । त्यसका लागि आमारछोरी १३ गते सुर्खेतबाट हिंडे । चितवन आउँदै गरेको खबर पाएपछि ढकालकै सहयोगी मोहन ठकुरीले बालिकाको आमालाई फोन गरेर आफू पनि कोहलपुरकै भएको बताए । उनले झट्ट विश्वास गर्न सकिनन् । त्यसपछि पीडक ढकालका छोराले ‘अन्यत्र बसेर छलफल गरौं । बयान फेर्नुस् २५ लाख दिन्छु’ भन्दै प्रलोभन देखाए ।

उनीहरूले ‘बाटोमा जे पनि हुन सक्छ’ भनेर चेतावनी दिए । ‘कतारकता मनमा डर पैदा हुन थाल्यो,’ बालिकाकी आमाले भनिन्, ‘फोन गरेको केही समयपछि भेटेर आदर्शगृह नजान भन्दै दबाब दिन थाले । म बसेकै होटलमा रामचन्द्र सापकोटा नामका वकिल आएर कागज बनाइदिए ।’ त्यही कागजमा सही गर्न लगाएको बालिकाकी आमाले बताइन् ।

अधिवक्ता सापकोटाले भने आफूलाई २५ लाखको कागजका बारेमा केही जानकारी नभएको बताए । ‘कहाँरकहाँ बसेर छलफल गरे, कागज बनाए भन्ने मलाई थाहा भएन,’ उनले भने, ‘मैले कुनै कागज गराएको छैन । उनीहरू मेरो कार्यालयमा पनि आएका छैनन् ।’ पीडितको बकपत्रपछि अदालतले क्षेत्रीय अस्पतालका चिकित्सकलाई झिकाएर बयान लिएको छ । आदर्शगृहले पीडितलाई कानुनी सहायता प्रदान गर्दै आएको छ । बालिका अहिले सोही गृहको आश्रयमा छिन् । ठकुरीमाथि विभिन्न प्रलोभन र त्रासमा पारी बयान फेर्न लगाएको आरोप छ । त्रासले गर्दा छोरीलाई ‘करणी गरेको होइन’ भन्ने बयान आमाले दिइन् । बालिकाले भने दोस्रो पटक पनि आफूलाई करणी गरेको बयान दिइन् । ‘आमाले झूट्टो बोल्नुभयो,’ पीडित बालिकाले भनिन्, ‘मैले त्यसो गरिनँ । बयान दिंदा कसैको डर लागेन । ममाथि जे भयो त्यही बताएँ ।’

पीडितका आफन्तले पनि डरत्रासदेखाएर बयान फेर्न लगाएको बताएकाछन् । छिमेकीले पनि बालगृह सञ्चालक ढकालले घरमा कसैलाई जान नदिने गरेको बताए । ‘उनको घरमा मध्यरातमा बालबालिका रोएको सुनिन्थ्यो,’ एक छिमेकीले भने ।

जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुलीले यस्ता घटनामा प्रतिवादीले सकेसम्म बयान फेर्न लगाउने गरेको बताए । ‘बलात्कार मुद्दामा विभिन्न प्रलोभनमा पारेर पीडितलाई बयान फेर्न लगाउँछन्,’ उनले भने, ‘यो चितवनको मात्र समस्या होइन । देशभरिकै हो ।’ सञ्चालक ढकालले बालिका बलात्कार गरेको घटना सार्वजनिक भएपछि त्यहाँ रहेका अन्य ३ बालबालिकाको पनि उद्धार गरिएको छ ।

जिल्लामा रहेका अधिकांश बालगृहमा बालबालिका असुरक्षित रहेको भन्दै सरोकारवालाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

साभार : कान्तिपुर

    Comment Here!

Related NEWS
मुख्य खबर

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: