महिलाले सरकारको अनुभूति गर्न पाउन्


सम्पादकीय

प्रकाशित मिति :2018-02-15 16:33:11

मुलुकले आज नयाँ प्रधानमन्त्री पाएको छ । बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामासँगै नेपालको ४१ औं प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हाल्न पुगेका छन् । ओली प्रधानमन्त्री भएसँगै अब देशमा वाम गठबन्धनको सरकार बन्ने पक्का भएको छ । यसले न्याय र समानतामा विश्वास गर्नेहरूमा आशाको दियो समेत बालिदिएको छ ।

देशले जति पटक राजनीतिक कोल्टे फेरे पनि महिलाको अवस्थामा परिवर्तन आउन नसकेको कुरा सत्य हो । देशमा भएका हरेक राजनीतिक र सामाजिक आन्दोलनमा ज्यानको बाजी लगाएर परिवर्तनका खातिर सडकमा ओर्लिने नेपाली महिलाहरूको सत्तामा अर्थपूर्ण सहभागिता भएको इतिहास छैन । केपी शर्मा ओलीले महिलालाई आरक्षण होइन, पुरुष सरह बराबरीको हक छ भन्दै आएका छन् । महिला र पुरुषको समान हैसियत भएमात्रै मुलुक सुन्दर बन्छ भनेका छन् । ओलीले बोल्दै आएका यिनै कुराहरूलाई नजिर मान्ने हो भने अब उनले नेतृत्व गर्ने मन्त्रीमण्डल, उनका सल्लाहकार र नियुक्तीहरूमा समान तरिकाले महिला र पुरुषको सहभागिता हुनेछ । न्याय र समानताको सिद्धान्तमा विश्वास गर्ने नेपालीले ओलीबाट देख्न चाहेको प्रमूख विषय यो पनि हो ।

विगतका मन्त्रीमण्डल र राजनीतिक नियुक्तिको इतिहास हेर्ने हो भने प्रधानमन्त्रीका मुख्य सल्लाहकार, प्रधानमन्त्री र मन्त्रीहरूको भ्रमणदेखि हरेक जिम्मेवारीमा पहिलो रोजाइमा पुरुष नै पर्दै आएका छन् । २०७२ असोज २४ देखि २०७३ साउन ९ गतेसम्म प्रधानमन्त्रीको पदमा रहँदा जनताबाट धेरै रुचाईएका प्रधानमन्त्रीका रुपमा पहिचान बनाएका ओली दोस्रो पटक देशको प्रधानमन्त्री भएका छन् । उनका लागि यो अवसर र चुनाती दुवै हो । मन्त्रीमण्डल गठन, राजदुत तथा संवैधानिक आयोगमा नियुक्तीदेखि लिएर राज्यका हरेक निकायको गठन, पुनर्गठन गरिदा महिला फेरि पनि ओझेलमा नपरुन् । अनि मात्रै नेपाली जनताले मुलुकमा समानतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भएको अनुभूत गर्नेछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: