आमाको नामबाट नागरिकता दिन आयोगको सिफारिस


प्रकाशित मिति :2018-02-16 10:26:55

–महिला खबर–

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले आमाको नामबाट प्रत्येक सन्ततिलाई नागरिकता प्रदान गर्न सरकारलाई सिफारिस गरेको छ । 

आयोगले विहीबार विज्ञप्ति जारी गरेर सरकारलाई नेपाली आमाबाट जन्मिएका सबै सन्ततीलाई सहज रूपमा आमाको नामबाट नागरिकता उपलब्ध गराउन सिफारिस गरेको हो ।

विज्ञप्तिमा नेपालको संविधान (२०७२) को धारा १२ ले वंशीय आधार तथा लैङ्गिक पहिचानसहितको नागरिकता प्रदान गर्न गरेको व्यवस्था तथा सर्वोच्च अदालतको फैसला बमोजिम आमाको नामबाट नागरिकताको प्रमाणपत्र लिन चाहने प्रत्येक सन्ततीलाई नागरिकता प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गर्न आयोगले सरकारलाई सिफारिस गरि पठाएको छ । 

आयोगले विज्ञप्तिमार्फत् नगरपालिका, गाउँपालिकालगायत स्थानीयतहबाट बेवारिसे शव सदगद गर्दा अनिवार्य रुपमा व्यवस्थित अभिलेखीकरण गर्न र बेवारिसे शव व्यवस्थापन सम्बन्धमा प्रचलित कानूनमा भएका व्यवस्था पर्याप्त नभएको हुनाले पुनरावलोकन गर्नसमेत सरकारलाई पत्राचार गरेको जनाएको छ ।

आमाको नामबाट नागरिकता दिइएको खण्डमा कुनै पनि नेपाली सन्तानले अनागरिक भएर बाँच्नुपर्ने छैन । 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: