व्हील च्येरमा बास्केटबल खेल्दै दक्षिण भारतका महिला


प्रकाशित मिति :2018-02-16 11:44:33

भारतको चिन्नाईको एउटा विद्यालयको ठूलो मैदानमा महिला व्हील च्येरमा बास्केटबल खेल्दै छन् ।

उनीहरु सन् २०१८ को मार्चमा आयोजना हुने एसियन गेम क्वालिफाएर्स् प्रतियोगिताको लागि अभ्यास गरिरहेका छन् ।

फोटो पत्रकार हरि अधिवाकेरले केही दिन भारतको राष्ट्रिय महिला व्हील च्येर बास्केटबल खेलाडीहरुसँग बिताए ।

यस अन्तर्राष्ट्रिय पारा टर्नामेन्टमा भारतीय महिला पहिलो पटक सहभागिता हुन लागेका हुन् । यदि यो टोलीले ईण्डोनेसियामा हुने अन्तिम खेल जिते भने सन् २०२० मा हुने अर्को पारा ओलम्पिकका लागि मौका पाउनेछन् ।

यी भारतीय महिलाले नौ दिनसम्म प्रत्येक दिन सात धण्टासम्म अभ्यास गरे । शारीरिक शक्ति बढाउने यो अभ्यासमा चारजना दौडिन्छन् र ती मध्ये एकजनाले तीनजनालाई तानेर दौड्नबाट रोक्छ ।

खेलाडीहरुको भने बास्केटबल र व्हील च्येरका कारण हातका छाला कडा भएको छ । धाराको सुविधा नभएको कारण उनीहरु पानी भएको बाल्टिनमा हात धुन्छन् ।

सोह्र वर्षीया रेखा अन्तर्राष्ट्रिय पारा टर्नामेन्टमा भाग लिनेमध्ये सबैभन्दा कम उमेरकी हुन् । उनी एक वर्षको हुँदा अपाङ्ग भईन् र तीन वर्ष अगाडि मात्र व्हील च्येर प्रयोग गर्न थालिन् । तर उनी खेलकुदको उदाउँदो तारा भएको र सशक्त खेलाडी मानिएकी छन् । ‘हामीहरुको लागि केही असम्भव छैन’ उनले भनिन् ।

६८ वर्षीय एण्टोनी पेरेरा पूर्व सैनिक र ईन्जिनियर हुन् । अहिले उनी पुरुष र महिला व्हील च्येर बास्केटबल टोलीका मुख्य प्रशिक्षक पनि हुन् । उनी सन् १९७१ सालदेखि पारा खेलाडी रहि आएका छन् । भारत र पाकिस्तानबिच युद्ध भएको बेला उनी घाईते भएका थिए ।

‘मलाई केही गर्नु पर्छ भन्ने लाग्यो । त्यसैले म बास्केटबल खेलाडीकोे रुपमा अगाडि बढें’ उनले भने, ‘बूढो हँुदै जाँदा मलाई म जस्ताहरुका लागि पनि केही गर्नु पर्छ भन्ने लाग्यो र मैले प्रशिक्षण शुरु गरें ।’

भारतमा व्हील च्येर बास्केटबल संघ २०१४ सालमा खोलियो ।

‘खेलकुदले मेरो जीवन जोगाएको छ,’ संघका अध्यक्ष माधवी लाठाले भनिन् । उनले खेलकुद बारे चेतना बढाउनु पर्ने र यसले आर्थिक सहयोगमा पनि असर गर्ने बताईन् ।

संघले १५ जनाको लागि थाईल्यान्डसम्मको हवाई उडानको लागि चाहिने (नेपाली) रु ७ लाख २० हजार रकम जुटाउन सकेको छैन ।

तमिल नाडुका खेलाडीहरु खेलको विश्राममा रमाइलो गर्छन् । महिलाले खेलाडीका रुपमा चुनौतिहरु भोगिरहेको बताउँछन् । धेरै जस्ता भौतिक पूर्वाधारहरु अपाङ्गमैत्री नभएको र आवश्यक सामाग्रीहरु महंगो हुन्छन् ।

दक्षिण कर्नाटकका खेलाडीहरु हिमा कल्याणी र मनिषा पटिल होस्टलदेखि बास्केटबल कोर्टसम्म दैनिक एक किलोमिटर दौडिन्छन् । सन् २०१६ को जनगणना अनुसार भारतमा ५५ लाख मानिसहरु (२१ लाख महिलासहित) “गतिशीलतासँग” सम्बन्धित अपाङ्ग अवस्थामा छन् ।

क्यामेरामा हेरिरहेकी ३४ वर्षीया कार्तिकी पटेल टोली कप्तान हुन् । उनी सन् २००८ मा कार दुर्घटनामा स्पाईनल ईन्जरीको शिकार भईन् । ‘म घाईते हुनुअगाडि बास्केटबल खेलाडी थिएँ । तर मैले सुरु गर्नु भन्दा अगाडि थोरैमात्र महिला थिए । त्यसैले मैले ब्याडमिन्टन खेल्न थालेँ,’ उनले भनिन् ।

<

p style=”text-align: justify;”>साभा : बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: