–महिला खबर–
कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिका वडा ४ रुप्साकी गौकला बुढा एक महिनादेखि बेपत्ता छन् । जंगलमा स्याउला लिन गएको बेला बुढा बेपत्ता भएकी हुन् ।
माघ ७ गते रुप्साको जंगलमा स्याउला लिन गएकी बुढा त्यहीबाट बेपत्ता भएको बताइएको छ । आफूहरुले निकै खोजी गरेको तर हालसम्म फेला पार्न नसकेको बुढाका जेठाजु कमल बोगटीले बताए ।
स्थानीय प्रहरीमा जाहेरी दिँदा जाहेरी लिन नमानेपछि आफू जाहेरी दिन जिल्ला सदरमुकाम आएको बोगटीले बताए ।
बेपत्ता बुढाका श्रीमान् दुई वर्षदेखि रोजगारीको सिलसिलामा साउदीमा रहेको समेत जेठाजु कमले बताए । बुढाका ६ वर्षकी एक छोरी समेत छन् ।
Comment Here!