प्रहरीको प्रशंसनीय काम, बलात्कारको घटना मिलाउन खोज्ने पक्राउ


समाचार फलोअप

प्रकाशित मिति :2018-02-16 16:15:52

रुजु खतिवडा\महिला खबर

पाँचथर । बलात्कारका घटना मिलापत्र गर्नेे प्रहरी धमाधम कार्वाहीमा परिरहेका बेला पाँचथरमा भने बलात्कारको घटना गाउँमै मिलायौं भन्ने दुई जनालाई प्रहरीले हिरासतमा राखेको छ ।

बलात्कारको घटना गाउँमै मिलाएको विषयलाई बहादुरी ठानेर प्रहरी कार्यालयमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको हो । पाँचथरको तुम्बेवा गाउँपालिकामा भएको बलात्कारको घटना गाउँमै मिलाउने व्यक्ति प्रहरीको फन्दामा परेका हुन् ।

जबरजस्ती करणी गरेको मुद्दामा पीडित बालिकाका आफन्तलाई आर्थिक प्रलोभन देखाई बलात्कारमा संलग्न तुम्बेवा–३ का मनकुमार सम्बाहाम्फेलाई उन्मुक्ति दिन पहल गरेको भन्दै प्रहरीले तुम्बेवा–३ का धनकुमार सम्बाहाम्फे र नेवारसिंह सम्बाहाम्फेलाई नियन्त्रणमा लिएको हो ।

बलात्कारको घटनामा संलग्न भनिएका १८ वर्षका मनकुमारलाई प्रहरीले गत माघ २१ गते नियन्त्रणमा लिई मुद्दा चलाइसकेको छ । उनले केहि दिन अघि ९ वर्षीया बालिकालाइ ललाइ फकाइ करणी गरेको आरोप छ ।

घटना गाउँमै मिलायौँ । अब मनकुमारलाई छोडिदिनुस् भन्दै प्रहरीमा पुगेका उनीहरूलाई डिएसपी वामदेव गौतमले तपाईंहरूले धेरै राम्रो गर्नु भएछ । मिलापत्र गरेको कुराको केही प्रमाण छ ? देखाउनुस् त भन्दै प्रमाण मागेपछि धनकुमार सम्बाहाम्फे र नेवारसिंह सम्बाहाम्फेले यो हेर्नुस् भन्दै बालिकाकी आमाले घटना भएको होइन भन्दै दाबी गरेको कागज देखाएपछि दुवै जनालाई ल अब तपाईंहरू पनि भित्र जानुस् भन्दै हिरासतमा हाले ।

पीडितका आफन्तलाई आर्थिक प्रलोभन देखाई पीडकलाई उन्मुक्ति दिन खोजेकाले नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकृत प्रहरी निरीक्षक विज्ञान बस्नेतले महिला खबरलाई बताए ।

उनीहरूले बालिकाकी आमालाई आर्थिक प्रलोभन देखाई घटना भएको होइन् भन्ने दाबी गर्न लगाएका थिए । तर, मुद्दा मिलाउन बालिकाकी आमासहित प्रहरीमा पुगेका उनीहरूलाई प्रहरीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिई केही सार्वजनिक अपराध मुद्दामा कारबाही चलाएको हो ।

बलात्कार जस्तो जघन्य अपराधका घटना मिलाउने र पीडकलाई उन्मुक्ति दिने प्रयत्नमा संलग्न समेतलाई नियन्त्रणमा लिई कारबाही चलाएर पाँचथर प्रहरीले उदाहरणीय कार्य गरेको भन्दै अधिकारकर्मीहरूले प्रहरीको प्रशंसा भइरहेको छ ।

बलात्कार आरोपमा पक्राउ

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: