दिल्लीका बसहरू, यौन हिंसाका अड्डा


प्रकाशित मिति :2018-02-17 08:30:36

ललितपुर । विकसित राष्ट्रको सूचिमा आफ्नो नाम दर्ज गर्न उन्मुख भारत, आफ्नै देशको राजधानीमा महिलालाई सार्वजनिक यातायातमा सुरक्षाको प्रत्याभूत गर्ने वातावरण तयार गर्न सकिरहेको छैन । दिल्लीमा धेरै महिला बस र अन्य सार्वजनिक यातायातमा यात्रा गर्दा असुरक्षित महसूस गर्दछन् । कार्यालय वा कलेज जाँदा होस् वा घर फर्किंदा यौन हिंसाको शिकार बन्ने डर उनीहरूको मनमा रहिरन्छ ।

केही महिला दिनहुँ यात्रा गर्दा भोग्नुपरेका पीडाहरू बताउँछन् र मेट्रो यातायात चढ्न पाए हुन्थ्यो भन्ने आसय व्यक्त गर्दछन् ।

दिल्ली विश्वविद्यालमा अध्ययनरत एक विद्यार्थी भन्छिन्, ‘मेरो दोस्रो बस यात्रा निक्कै डरलाग्दो थियो । मैले बस्नका लागि सिट पाईन र बसकोबीचको खालि भागमा उभिएँ । एकजना करिब २० वर्ष जतिको पुरुष मेरो छेउकै सिटमा बसेको थियो । उसले सुरुमा मेरो तीघ्रामा छोयो र बिस्तारै हातमाथि तिर घुसार्दै लग्यो । उसलाई लाग्यो होला मलाई यो कुरा थाहा छैन । सुरुमा त मलाई असहज महसुस भयो तैपनि चुप लागेर बसें । तर पछि सहन सकिन र एक थप्पड हिर्काएँ । अनि उ बीचमै बसबाट ओर्लियो ।’

तर सबैतिर मेट्रोको सुबिधा छैन । उनी पश्चिम विहारदेखि चनक्यापुरी हुँदै कलेज जाने गर्दछिन् । रेल सेवाले यी स्थानहरूलाई प्रत्यक्षरुपमा जोडेको छैन ।

त्यस्तै अर्की विद्यार्थी सञ्जना जनकपुरीदेखि धउला कुँआसम्मको यात्रा गर्दछिन् । उनी भन्छिन्, ‘विद्यालयमा त मैले खासै सार्वजनिक यातायातमा यात्रा गर्नु परेन । तर जब कलेज जानु पर्‍यो तब असहजता झेल्नु पर्‍यो । मेरो कलेजको पहिलो दिन नै मैले बस चढ्ने निधो गरें । मलाई बस चढ्दा पहिले नै टिकट लिएर बस्नु पर्छ भन्ने नियम थाहा थिएन । म गएर सिधै एउटा खालि सिटमा बसें । केहि समयपछि एक जनापुरुष मेरा नजिक आयो र मेरो अनुहारमा उसको मुख जोड्न खोजेर टिकटको बारेमा सोधपुछ गर्‍यो । त्यसपछि मैले उसँग एउटा टिकट दिन अनुरोध गरें । तर उसले मेरो अनुहारमा झन्डै थुक्ला झैं गरी ठूलो आवाजमा गाली गर्‍यो । उसले मेरो पाखुरामा छुन थाल्यो । मलाई डर लाग्यो र मैले उसलाई सचेत गराउन हल्ला गरें। पछि उ त्यहाँबाट भग्यो । उ त नक्कली खलासी बनेर यो हर्कत गरिरहेको रहेछ ।’

त्यसैगरी तिलकनगरदेखि रोहिणिसम्म यात्रा गर्ने एक जना १७ वर्षकी किशोरीले पनि यौन हिंसा भोग्नु परेको अनुभव सुनाईन् । उनी भन्छिन्, ‘मेरो हजूरबाको उमेरको मनिस थियो । तैपनि साह्रै नराम्रो हर्कत गर्‍यो । त्यसपछि मैले बसमा यात्रा गर्नै छाडिदिएँ ।’

तर, अर्की १७ वर्षीया रशिका गुप्ताको कथा भने बेग्लै छ । उनी कसैसँग डराउँदिनन् र अरुलाई उठाएरै भए पनि सिटमा बस्छिन् । उनी आफू निडर भएकोले यस्तो हिंसा बेहोर्न नपरेको बताउँछिन् ।

साभारः– द टाइम्स अफ इण्डिया  

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: