प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता (फोटो फिचर)
–महिला खबर–
नेपालगन्ज । पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनलको समिकरण पुरा भएको छ ।
शनिवार भएको अन्तिम लिग खेलमा एपीएफले आयोजक न्यु इन्द्रणी बागेश्वरी युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गदै समूह ए को बिजेताको हैसियतमा सेमिफाईनलमा स्थान बनाएको छ ।
वुमन अफ दी म्याच सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा एपीएफले आयोजक न्यु इन्द्रणी बागेश्वरी युथ क्लबमाथी २५–१२,२५–१४ र २५–९ को सहज जित निकाल्यो । आयोजक लिग चरणको पहिलो खेलमा पनि बंगलादेशको इफाटसँग पराजित भएको थियो । समूह ए बाट एक खेलमा सफलता निकालेको बंगलादेशी टिमले सेमिफाईनलमा स्थान बनाएको छ ।
नेपालगन्ज कभर्ड हलमा भएको अन्तिम लिग खेलमा शिवम् न्युडायमण्डले भारतको देहरादुन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउदै समूह बिजेताको रुपमा सेमिफाईनलमा स्थान पक्का गरेको छ । क्विइक स्पाईकर ललिता नाथ वुमन अफ दि म्याच बनेको खेलमा शिवम न्युडायमण्डले देहरादुन स्पोर्टस् क्लबलाई २५–८,२५–९ र २५–४ को सेटमा पाखा लगायो । पहिलो खेलमा पनि नेपाल पुलिससँग ३–० को हार ब्यहोरेको पाहुना टिम देहरादुन स्पोर्टस् प्रतियोगिताबाट बाहिरिदा पुलिसले उपबिजेताको रुपमा सेमिफाईनलमा स्थान जमाएको छ ।
आज आईतवार हुने सेमिफाईनल खेलमा एपीएफ र पुलिस तथा शिवम् न्यु डायमण्ड र पहुना टिम इफाटबीच प्रतिस्पर्धा हुने छ ।

एपीएफकी नेबिका चौधरी आयोजक न्यु इन्द्रणी बागेश्वरीकी बिरुद्ध सट प्रहार गदै ।

आयोजक न्यु इन्द्रणी बागेश्वरीकी भावना डाँगी एपीएफ बिरुद्ध सट प्रहार गदै ।

आयोजक न्यु इन्द्रणी बागेश्वरीकी सर्मिला नेपाली एपीएफ बिरुद्ध सट प्रहार गदै ।

आयोजक न्यु इन्द्रणी बागेश्वरीकी पुजा चौधरी एपीएफ बिरुद्ध सट प्रहार गदै ।

आयोजक न्यु इन्द्रणी बागेश्वरीकी पुनम चन्द एपीएफ बिरुद्ध सट प्रहार गदै ।

वुमन अफ दी म्याच सरस्वती चौधरीलाई पुरस्कृत गदै ।

वुमन अफ दी म्याच ललिता नाथलाई पुरस्कृत गदै ।
Comment Here!