प्रदेश ४ को उपसभामुखमा एमालेकी सिर्जना


प्रकाशित मिति :2018-02-18 15:56:06

-महिला खबर-
ललितपुर । प्रदेश नम्वर ४ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना शर्मा निर्वाचित भएकी छन् । आइतबार भएको प्रदेशसभा ४ को मतदानमा ३८ मत ल्याएर उनी निर्वाचित भएकी हुन् ।

उपसभामुख पदकी अर्की उम्मेदवार नेपाली काँग्रेसकी मनकुमारी गुरुङले १८ मत पाएकी थिईन् । सिर्जनालाई उपसभामुखमा एमाले सांसद मायानाथ अधिकारीले प्रस्ताव गरेका थिए भने माओवादी केन्द्र प्रदेश ४ का प्रमुख सचेतक गायत्री गुरुङले समर्थन गरेकी थिइन् । ६० सदस्यीय प्रदेश सभामा एमालेको सबैभन्दा बढी २७, कांग्रेसको १५, माओवादीको १२, जनमोर्चाको ३ र नयाँ शक्ति पार्टीबाट २ जना सांसदको प्रतिनिधित्व छ । सभामुखमा माओवादी केन्द्रका सांसद नेत्रनाथ अधिकारी चयन भइसकेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: