बेपत्ता बालक मृत अवस्थामा फेला


प्रकाशित मिति :2018-02-18 16:17:46

–महिला खवर–

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–४, पिपराका वडा अध्यक्ष फत्ते मोहम्मदका ७ वर्षका छोरा महोम्मद एमान मृत फेला परेका छन् । तीन दिन अघि अपरहणमा परेका भनिएका एमान आइतवार बिहान मृत फेला परेका हुन् ।

आफ्नै घर पछाडि रहेको पोखरीमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए । अपहरणकारिबाटै यी बालकको हत्या भएको हुन सक्ने र घटना बारे अनुसन्धान भैरहेको कार्कीको भनाइ छ ।

हत्यारा पत्ता लगाई कारवाहीको दायरामा ल्याउन प्रहरी लागिरहेको कार्कीले बताए । बालक गत विहीवार विहान ८ बजे नजिकैको विद्यालय जान हिँडेका र बाटैबाट वेपत्ता भएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: